Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका विभिन्न संघ सस्था हरु द्वारा कोरियन एयरलाइन्सको मनोमानी विरुद्ध ज्ञापन पत्र पेश

Advertisement
Advertisement

विशाल आवाज:नेपाल र कोरिया आवतजावतमा कोरियन एयर मार्फत भाडादरमा गरिएको अनियमितता र नेपाल एयरलाइन्सलाई कोरियासम्म उडान भर्न नदिने गरी गरेको चलखेलमाथि यथा शीघ्र छानबिन गरी कोरियन एयरलाइन्सको मनोमानी एकाधिकारलाई नियमनका साथै राष्ट्रिय ध्वजावाहक विमानलाई कोरिया उडानको निमित्त दीर्घकालिन उपाय खोजिदिन हुन अनुरोध गर्दै कोरियामा रहेका विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रवास संगठनहरुद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई सम्बोधन गर्दै नेपाली राजदुतावास,सिओलमा मार्च १० तारिखका दिन महामहिम राजदूत डा.ज्योति प्याकुरेल समक्ष संयुक्त ज्ञापन पत्र पेश गरिएको छ।

सन् २००६ को नोभेम्बर ११ तारिखदेखि दक्षिण कोरियाको इन्छन-काठमाडौँ-इन्छन सिधा उडान गर्दै आइरहेको कोरियन एयरलाइन्स विश्वभर फैलिएको कोभिड १९ का कारण सन् २०२० मार्च महिनादेखि केही समयका लागि उडान अवरुद्ध भएको थियो। कोभिड १९ का कारण विश्व नै आक्रान्त भइरहेको अवस्थामा नियमित उडान हुन नसकेको परिस्थितिलाई मध्यनजर गर्दै केही समयका लागि महँगो भाडाधरमा चार्टर्ड उडान मार्फत आवतजावत खुल्ला गरिएको भएतापनि त्यसको एक वर्ष पश्चात नेपाल सरकारले नियमित उडान सुरु भएको घोषणा गरेको थियो। नेपाल सरकारले नियमित उडान सुरु भएको घोषणा गरे तापनि हालसम्म नेपाल कोरिया उडानको भाडादर भने चार्टर्ड उडानको जस्तै कायम राखेको छ ।कोरियन एयरलाइन्स मार्फत कोरियाबाट नेपाल उडानको भाडा दर हाल ६० हजारदेखि ६५ हजार नेपाली रुपैयाँ पर्न आउँछ भने उक्त विमानले नेपालबाट कोरियासम्मको एकतर्फी भाडा १ लाख २० हजारदेखि १ लाख ३० हजारसम्म लिदै आइरहेको छ।


नेपालको राष्ट्रिय ध्वजावाहक विमानलाई कोरिया उडान गर्ने कसरत विक्रम सम्वत २०७४ सालदेखि नै गरेता पनि हालसम्म उक्त विमानले कोरिया उडान भर्न सकिरहेको छैन । यसरि नेपाली राष्ट्रिय ध्वजावाहक विमानलाई रोकिएको तथा कोरियन एयरलाइन्स बाट चर्को भाडाधरमा आवतजावत गर्न बाध्य पारिएको भन्ने समाचारहरू विभिन्न राष्ट्रिय मिडियाहरूबाट आइरहँदा पनि सरकार मुखदर्शक बनिरहेको छ।
यतिखेर दक्षिण कोरिया र नेपालको कुटनैतिक सम्बन्धको ५० वर्ष पूरा भएको सुखद अवसरमा दुई देशको संस्कृति आदानप्रदान तथा कोरियन पर्यटकलाई अधिकतम रुपमा नेपाल भित्र्याउने महत्त्वपूर्ण घडीमा छ। तर कोरियन एयरलाइन्सको एकाधिकार तथा चर्को भाडादरका कारण यथेष्ट रुपमा भित्रिने सम्भावना प्रबल बन्दै गरेको छ।

दक्षिण कोरियामा रहेका नेपाली सम्पर्क समिति, नेपाल पत्रकार महासंघ ,नेपाल आदिवासी जनजाति महासंघ ,गण्डकी प्रदेश समाज, बागमती प्रदेश एकता समाज,पूर्वाञ्चल सरोकार समाज, सुदुरपश्चिम समाज,कर्णाली प्रदेश समाज ,सोनसिक लगायत विभिन्न सामाजिक संघसंस्था का साथै कोरियाना रहेका नेपाली जनसम्पर्क समिति,प्रवासी नेपाली मञ्च, नेपाली जनप्रगतिशील मञ्च, प्रवास नेपाली सम्पर्क विभाग,प्रवासी नेपाली एकता मञ्च‌ जस्ता राजनीतिक दलका प्रवास संगठनहरूद्वारा संयुक्त रूपमा नेपाली राजदुतावास सिओल समक्ष ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो।


ज्ञापन पत्र लिए पश्चात् नेपाली राजदूतावास सिओल कोरियाका महामहिम राजदुत डा.ज्योति प्याकुरेलले यो विषयमा दूतावासले यसअघि पनि धेरैनै प्रयास गरिसकेको तर दुर्भाग्यवश अथक प्रयास बाबजुद पनि विभिन्न कारणबस बिचमा अड्केको कुरा अवगत गराउँदै सयुक्त रुपमा एकजुट भएर हस्तान्तरण गरेको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय, पर्यटन मन्त्रालय लगायत जुन जुन ठाउमा पुराउनु पर्ने हो समयमै पुराउने विश्वास दिलाउँदै उपस्थिति सबैलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×