Advertisement
Advertisement

आजको राशिफल: २०८२ असार १ गते आईतबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईँ आफैँलाई परीक्षणको घडीमा पाउनुहुनेछ—जहाँ धैर्य र विवेकको तराजुमा आत्मबल राख्नुपर्ने हुन्छ। केही कुराहरू तिता लाग्लान्, तर आन्तरिक शान्तिले बाटो देखाउनेछ। विवेकपूर्वक अघि बढ्दा फाइदाको ढोका खुल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो)

मनमा सन्तुलन, बोलीमा मिठास र कर्ममा निरन्तरता—यी सबै गुण आज फुल जस्तै खील्नेछन्। पुराना साथी वा आफन्तसँग संवाद हुनेछ, जसले तपाईंको स्मृतिलाई उज्यालो बनाउनेछ। अध्ययन वा लेखनमा रुचि बढ्ने सम्भावना।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

चञ्चलता तपाईंको स्वभाव हो, तर आज स्थिरताको अभ्यास गर्नु उत्तम हुनेछ। निर्णयमा ढिलाइ भए पनि, सोचविचारले गर्दा फाइदा हुनेछ। साना यात्राले राहत दिनेछ। केही अप्रत्याशित समाचारले मनको लय बिगार्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भावनाले आज पनि तपाईंको मनलाई तलमाथि गराउनेछ। घरपरिवारको जिम्मेवारीले अलिक दबाब महसुस होला, तर आत्मबल र सहनशीलता तपाईंको कवच हुनेछ। आज सानातिना आत्म-त्यागले ठूलो सुख ल्याउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शब्दभन्दा मौन बलियो हुने दिन हो। तपाईंको आत्माभित्र शान्त राजाको सिंहासन छ। आज त्यसमा बस्ने अभ्यास गर्नुहोस्। काममा स्थायित्व रहनेछ। तर्कभन्दा अनुभूति प्रभावकारी हुनेछ। अभिमान नबढोस्, सजग रहनुहोस्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दैनिक जीवनमा निरन्तर प्रयास गर्दै गर्दा कहिलेकाहीँ मन थाकेजस्तो लाग्न सक्छ। तर आज तपाईंलाई केही साना उपलब्धिहरूले ऊर्जा दिनेछन्। घरको साजसज्जा, स्वच्छता वा अध्यात्मसँग जोडिएको कर्ममा रमाइलो हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईंको न्यायबोध बलियो हुनेछ। आज सम्बन्धहरूमा सामञ्जस्य ल्याउने प्रयास सफल हुनेछ। प्रेम र पारिवारिक सम्बन्धमा गहिराइ आउन सक्छ। बोलेका शब्दहरुले जिम्मेवारी बोक्नेछन्। छानेर बोल्नुस्, स्नेह अझ बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मनको गहिराइमा डुबेर जीवनको अर्थ खोज्ने वृश्चिकका लागि आजको दिन मौन ध्यानको समय हो। आर्थिक र पारिवारिक विषयमा केही निर्णयको घडी छ। मनलाइ साक्षी राखेर सोच्नुहोस।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

तपाईंको उत्साही मन आज केही सुस्त हुनसक्छ। तर त्यो सुस्तता पनि आवश्यक विश्राम हो। जसबाट नयाँ विचार जन्मन्छ। दर्शन, आध्यात्म र अध्ययनतर्फ झुकाव बढ्नेछ। संकल्प र नियमितता आजको शक्ति बन्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

चन्द्रको उपस्थिति तपाईंको राशिमा छ । आज तपाईं स्थिर, गम्भीर र उत्तरदायित्वमा पूर्ण देखिनुहुनेछ। कुनै ठूलो कामको थालनी होइन, पुराना योजनाको सुदृढीकरण गर्नु उचित हुनेछ। आत्मनिरीक्षण लाभदायक हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

तपाईंको चिन्तन आज गहिरो रूपमा भित्रतिर मोडिन सक्छ। सामाजिक गतिविधि कम भए पनि भित्री जिज्ञासा चुलिनेछ। गुरु, शास्त्र वा साहित्यसँग समय बिताउने प्रयास गर्नुहोस् त्यसले मनको छाया हटाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

सपना जति रंगीन, मन त्यति नै भावुक—तर आज तपाईंमा निर्णयको शक्ति पनि जाग्रत छ। सृजनामा मन रमाउनेछ। प्रेम र सम्बन्धमा भावनात्मक स्पष्टता आउनेछ। 

तपाईको दिन शुभ रहोस्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×