विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरिया, जेजुदो शाखाको तेश्रो अधिवेशन मे २४ तारिखका दिन जेजुदोमा हुने भएको छ।
“भाषा, धर्म,कला, संस्कार, संस्कृतिको प्रवर्तन गरौं। आफ्नो पहिचान र अस्तित्वको लागि एक हौँ।” भन्ने मुल नाराका साथ २०२१ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको तेश्रो अधिवेशन यही मे २४ तारिखका शनिबारका दिन जेजु स्थित KCTU को हलमा हुने भएको छ। ल्होछार लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्दै कोरिया लगायत नेपालमा विभिन्न सामजिक कार्यहरु गर्दै आइरहेको छ।
मे २४ मा हुने तेश्रो अधिवेशन मा कोरिया मुख्य गरि जेजुदोमा रहनु हुने सम्पूर्ण बुद्धिजिवि,समाजसेवी,पेशावर,ब्यापार व्यवसायि,विद्यार्थी लगायत सम्पुर्ण तामाङ तथा गैर तामाङ कोरियाबासी नेपाली दाजु भाई दिदिबहिनीहरुमा कार्यक्रममा उपस्थित जनाइदिनु हुन आयोजकले विशाल आवाज मार्फत हार्दिक अनुरोध समेत गरेको छ।









