Advertisement
Advertisement

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

Advertisement
Advertisement

 

राष्ट्रिय सभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा निर्वाचन भएको थियो।

नेपाली कांग्रेसका उम्मेदवार रहेका सांसद युवराज शर्मालाई पराजित गर्दै माओवादीका सांसद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका हुन्।

दाहाललाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत परेको छ भने विपक्षमा १७ मत परेको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा ५६ जना सांसद उपस्थित थिए।

दाहाललाई माओवादी, एमाले, एकीकृत समाजवादी र जसपाको समर्थन थियो।

कांग्रेसका शर्मालाई लोसपाले पनि साथ दिएको थियो। यसअघि शर्मालाई राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। उक्त प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत आएको थियो।

को हुन् दाहाल?

२०२७ सालमा तत्कालीन अनेरास्ववियुबाट राजनीति आरम्भ गरेका दाहालको पुर्ख्यौली घर कास्कीको ढिकुरपोखरी हो। उनको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को खलक एउटै हो।

दाहालको परिवार २०१९ सालमा कास्कीको ढिकुरपोखरीबाट चितवन बसाइँ सरेको थियो। त्यसयता उनको परिवार भरतपुर महानगरपालिका वडा नम्बर १४ मा बस्दै आएको छ।

उनले शिक्षाशास्त्र संकायतर्फ स्नातक उत्तीर्ण गरेका छन्। उनले सानोठिमी क्याम्पसबाट शिक्षा शास्त्रमा स्नातक पास गरेका हुन्। २०२७ सालमा राजनीतिक जीवन सुरूआत गरे पनि २०३१ सालमा उनले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए।

तत्कालीन समयमा उनले पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। २०३६ सालदेखि उनी तत्कालीन चौथो महाधिवेशन (चौम) समूहबाट पूर्णकालीन बनेका हुन्।

२०३७ सालदेखि प्रवास पार्टी कामको जिम्मेवारी लिएका उनी अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सदस्य, सहसचिव हुँदै कोषाध्यक्ष बनेका थिए। प्रवासको जिम्मेवारी अन्तर्गत उनी पार्टीको गोरखपुर जिल्ला कमिटी सेक्रेटरी बनेका थिए।

त्यस्तै २०४२ सालमा अखिल भारत नेपाली एकता समाजको महासचिव र २०४५ सालमा अध्यक्ष बनेका थिए। त्यसयता उनी क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलनसँग जोडिएका छन्।

उनी २०५१ सालमा क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन (रिम) को नेपालको तर्फबाट दक्षिण एसिया सदस्य बनेका थिए। २०५३ सालमा पुनः अखिल भारत नेपाली एकता समाजको केन्द्रीय अध्यक्ष बनेका उनी २०५७ सालमा नेकपा (माओवादी) को केन्द्रीय सदस्य बने।

माओवादी आन्दोलनमार्फत् स्वदेशमा भूमिगत बनेका उनी २०६० सालमा नेकपा (माओवादी) भेरी कर्णाली ब्युरोअन्तर्गत जाजरकोट, सुर्खेत र डोल्पा इन्चार्ज बनेका थिए।

२०६३ असारमा उनी नेकपा (माओवादी) कास्की जिल्ला इन्चार्ज थिए। २०६४ पछि विभिन्न समयमा पार्टीका तत्कालीन नेवा तथा ताम्सालिङ राज्य समितिको सचिव र सह–इन्चार्ज बनेको माओवादी केन्द्रका नेताहरूले जानकारी दिए।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उनी केन्द्रीय सदस्य र बागमती प्रदेशको अध्यक्ष बनेका थिए। नेकपा विघटनपछि २०७७ सालमा उनी नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश अध्यक्ष बने।

२०७८ मंसिरमा भएको नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी समिति सदस्यमा निर्वाचित भएका थिए। लगत्तै भएको कार्यविभाजनमा बागमती प्रदेशको सह–इन्चार्जको भूमिका पाएका थिए।

संसदीय फाँटतर्फ भने उनी २०६३ सालको अन्तरिम व्यवस्थापिका सदस्य थिए। पहिलो संविधान सभामा चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव जितेका थिए। २०७८ चैत २५ गते मन्त्रिपरिषद्को कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए।

उनको कार्यकाल सकिन चार वर्ष बाँकी छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×