Advertisement
Advertisement

लक्ष्मी पुजा किन मनाईन्छ ? यस्तो छ धार्मिक मान्यता र पूजासम्बन्धी किम्बदन्ती

Advertisement
Advertisement

लक्ष्मी पुजा किन मनाईन्छ ? यस्तो छ धार्मिक मान्यता र पूजासम्बन्धी किम्बदन्ती

लक्ष्मी पुजा किन मनाईन्छ ? यस्तो छ धार्मिक मान्यता र पूजासम्बन्धी किम्बदन्ती

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको आज तेस्रो दिन । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजासम्बन्धी किम्बदन्ती

सत्ययुगमा वामन अवतार भगवान् विष्णुले दानवराज बलीसँग तीन पाउ भूमि मागेका थिए । तब भगवानलाई सन्तुष्ट पार्न दिपावली गरी दानवराजले वीरको अनुपम उदाहरण प्रस्तुत गरेका थिए । यमपञ्चको अवसरमा गरिएको सो पूजामा लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको मान्यता छ । यसकारण यमपञ्चकमा लक्ष्मी पूजालाई विशेष महत्व दिन थालिएकाे हाे ।

पूजा विधि

– सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्ने । यदि सिमेन्टद्धारा बनेको घर छ भने पानीले सबैतिर पुछ्नुपर्छ ।

– लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा पनि राम्रोसँग सरसफाइ गरेर गणेश, सरस्वती, लक्ष्मी, श्रीयन्त्र, कुबेरयन्त्र सबैलाई पूजा गर्ने स्थानमा राख्ने ।

– त्यसपछि दीप प्रज्वलन गरि दियाे, कलश र गणेशको पूजा गर्ने ।

– लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरूको पण्डित वा तथा आफैं पूजा गर्ने ।

– त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङ्लोमा धान, चामल राख्ने त्यसपछि ११ ओटा दियो मुख्य कोठामा प्रज्ज्वलित गर्नको लागि घ्यू र तेलमा बलेका दियो अगाडि राख्ने ।

– कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।
आजको दिनको विशिष्टता

हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।

आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ । यी द्वारहरूबाट वर्षै भरि खुसी अनि उत्साहको प्रवेश होस् । ऊर्जावान् तिहारको उज्यालो शुभकामना !

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×