Advertisement
Advertisement

आफूले गरेका अनुभव र आकांक्षालाई मुर्त रूप दिनको लागि आफू नेतृत्वमा आएको:आरती ह्योल्मो महिला उपाध्यक्ष उम्मेद्वार

Advertisement
Advertisement

 

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ 29/30 तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट कास्की परिवार दक्षिण कोरियाकी अध्यक्ष आरती ह्योल्मोले महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने हुनु भएको छ।

 ADVERTISEMENT|SIMRIK

सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका आरती अनेक समस्याहरु आइपर्दा होस ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ कोरियामा प्रबासी नेपाली हरुको हरेक समस्या हरुमा विभिन्न संघ संस्था मा आवद्ध भएर बिगत लामो समय देखि आफ्नो तर्फ सकिने योगदान गरिसकेका छन्। 

विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ्नो मातृभूमि प्रति गर्न सकिने लगानी, सामाजिक परिबर्तनमा साथ, संस्कृति प्रवर्द्धन, प्रविधिको विकास लगायत समग्र देश बिकाशमा हातेमालो र जिम्मेवार बोध होस् भनि नेपाल सरकार र बिदेशिनु भएको नेपाली समुदाय मिलि भनेको नेपालको संवैधानिक अधिकार भएको सस्था NRNA भएको कारण केन्द्र भित्रै बसेर कार्य गर्ने र सबैलाइ समेटेर लाने उद्देश्यका साथ यसपाली गैरआबासिय नेपाली समाज कोरियाको आउदै गरेको अधिबेसनमा उहाले महिला उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएको बताएकि छिन्। 

पोखरामा जन्मिएर १३ वर्षदेखि दक्षिण कोरियालाई कर्मथलो बनाएकी आफूले कोरियामा रहेका नेपालीको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको बताउँछिन् । कोरियामा रहँदा धेरै अफ्ठ्यारा भोगेको अनुभव रहेकी उनी हरेक नेपाली ती अफ्ठ्याराबाट नगुज्रनका लागि एनआरएनएले काम गर्नुपर्ने बताउँछिन् । आफूले गरेका अनुभव र आकांक्षालाई मुर्त रूप दिनको लागि आफू महिला उपाध्यक्षमा आउनुपर्ने उनको तर्क छ ।

एनआरएनएलाई नजिकबाट बुझेकी उनले हालसम्म काम गर्नेभन्दा कुरा र योजनामात्र बढी बुन्ने काम भएको भन्दै साँच्चिकै काम गरेर देखाउने व्यक्ति नेतृत्वमा जानुपर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘कतिपय अवस्थामा धेरैको एनआरएनए प्रतिको हेर्ने दृष्टिकोण नै बदलिएर गएको छ, किन एनआरएनएसँग जोडिने, किन भोट हाल्ने भन्ने मान्यताको समेत विकास भएको छ, कुनै समय म पनि त्यही अवस्थाबाट गुज्रिएकी थिएँ ।’

ह्योल्मो कोरियामा धेरै नेपाली समस्यामा रहेको र उनीहरूलाई अभिभावकत्व प्रदान गर्न कै लागि भएपनि संस्था जोगिनुपर्ने र व्यवस्थित हुनुपर्ने बताउँछिन् । कोरियन नागरिक बनिसकेकी ह्योल्मो एनसीसीको वर्तमान वरिष्ठ उपाध्यक्ष तथा कास्की परिवार दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै विभिन्न सामाजिक संस्थाहरूमा आवद्द भई सेवा गरेकी उनी बोल्नभन्दा पनि काम गर्न मनपर्ने बताउँछिन् ।

बाहिरी समाज वा सामाजिक सञ्जालमा चर्चा कमाउनुभन्दा अप्ठ्यारोमा परेकालाई सहयोग गर्दा मन आनन्दित हुने बताउने उनले विभिन्न समयमा भाषा अनुवाददेखि लिएर परामर्श लगाएत आवश्यक परेको अवस्थामा विभिन्न तवरले कोरियामा रहेका नेपालीलाई सहयोग गरिरहेको बताउँछिन् । तर्क बितर्क गर्ने, भाषण गर्ने भन्दा पनि काम गर्ने बानी भएको बताउने ह्योल्मो धेरै भन्दा धेरैलाई रोजगारी दिन चाहन्छिन् । त्यसो त उनले नेपालमा पनि दिपाङ्ग हिल रिसोर्ट खोलेर आफ्नो व्यावसायिक दैनिकी अगाडि बढाउँदै आएकी छिन् ।

उनले सार्वजनिक गरेका आफ्ना निति र चुनावी एजेन्डाहरु मध्ये सबैभन्दा महत्वपूर्ण एजेण्डा पारदर्शी भएर काम गर्ने र सम्पूर्णले महसुस गर्न सक्ने एनआरएन बनाउनु पर्ने बताउँछिन् ।

उनले आफूले निर्वाचनलाई सामान्य प्रकृयाको रूपमा लिएको र हार जित जे भएपनि सामाजिक सेवामा क्रियाशिल हुने बताउँछिन् ।

आरति ह्योल्मोको भनाइ जस्ताको त्यस्तै: “सबैजना को निरन्तरको छलफल र सल्लाह सुझाब ,हौसला साथै नेपाली समुदायमा सेवा गर्ने तिब्र ईच्छा अझै फरक तरिकाले पनि गर्ने जमर्को सहित यस पटक महिला उपाध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दछु। १२-१३ वर्षको कोरिया बसाईमा कास्की परिवार दक्षिण कोरियाको विभिन्न कार्य समितिमा रही संस्था र कोरियाली समुदायलाई सहयोग गर्दै वर्तमान अवस्थामा कास्की परिवार दक्षिण कोरियाको केन्द्रिय अध्यक्ष लगायत विभिन्न संघसस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष नेपाली समुदायसंग जोडिएर सक्दो सहयोग गर्दै आई रहेको सम्पूर्णमा जानकारी नैं छ ।गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको नवौं अधिबेसन बाट आफूलाई महिला उपाध्यक्षमा प्रस्तुत गरी आफूले बटुलेको ज्ञान,अनुभव, विभिन्न संस्थामा काम गर्दा परेका अप्ठेरा हरुमा सहजीकरण गर्दै सबल र सक्षम एनआरएनए बनाउने अभियानमा आफूलाई प्रस्तुत गर्ने प्रतिबद्धता सहित महिला उपाध्यक्ष पदमा अत्याधिक मतले बिजयी गराईदिनु हुन सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरूमा हार्दिक अनुरोध गर्दछु।

आरती ह्योल्मो 

महिला उपाध्यक्ष पदको उमेदवार 

गैर आवासीय नेपाली संघ 

राष्ट्रीय समन्वय परिषद दक्षिण कोरिया(२०२३-२०२५)”

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Co je to maximum win a limity v online casino CZ?

Co je to maximum win a limity v online casino CZ?Ahoj, jmenuji se Jan Novák a jsem odborníkem v oblasti online hazardních her. Dne...

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?

Jak si ověřit platnost SSL certifikátu na webu před registrací v online casino?Jmenuji se Jan Novák a jako odborník na online bezp...

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUS

Find proprietære spillemaskiner: Din guide til store casinoer uden ROFUSMit navn er Mads Jensen, og jeg er en ekspert inden for on...

Lemon Casino Play’n GO Must-Try Sloty

Spis treściDlaczego warto grać w sloty Play'n GO w Lemon Casino?Top 3 Must-Try Sloty Play'n GO: Analiza i RTPJak maksymalnie wykor...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×