Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया अध्यक्षमा बुद्धि गुरुङद्वारा जित हासिल गर्ने दाबी

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरिया अध्यक्षमा बुद्धि गुरुङद्वारा जित हासिल गर्ने दाबी

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि एनआरएनएको गुमेको साख फर्काउदै नयाँ भविष्य निर्माण गर्न बुद्दि गुरुङ ले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे लगत्तै बजारमा जित हासिल गर्ने अड्कल बाजि गर्दै अध्यक्ष हुने दावि समेत गरेका छन्।

ADVERTISEMENT|SIMRIK TRAVEL 

एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए को भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्रका नेपालीहरुमा खुल्दुली छाएको छ । यस आलेखमा यसै सन्दर्भमा छोटो चर्चा र विश्लेषण गर्ने प्रयास गरिएको छ ।

 सन् १९९१ मा दक्षिण कोरिया प्रवेश गरि १९९९ सम्म साधारण मजदुर को रुपमा काम गरि सन् २००० मा दक्षिण कोरियामै सबै भन्दा पहिला नेपाली हरुका लागि दोङ्ग्देमुनमा पसल खोल्नु भएको अनि त्यस पछि यांग्दोंगफो र सुवनमा समेत नेपाली हरुको सुविधाको लागि पसल रेस्टुरेन्ट सुरुवात गर्नु भएका बुद्धि गुरुङ ज्युलाई दोंग्देमुन र सुवन मा नेपाली हरुको भेटघाट थलो बनाउने श्रेय पनि दिने गरिन्छ।

एसिया मल्टि कल्चर कार्यक्रममा

“दक्षिण कोरियामा २०११ सालमा एसिया मल्टि कल्चर स्थापना गरि २०१९ मा यस्लाई आधिकारिक रुपमा नेपालमा दर्ता गर्न सफल बुद्दी गुरुङ “

 कुरा भन्दा बढी काम गर्न रुचाउने व्यक्ति हो। यस संस्थाबाट प्रत्येक वर्ष नेपाल लगायत भारत, पाकिस्तान,मङ्गोल, थाइल्याण्ड, फिलिपिन्स लगायतका देशका मानिसहरू आएर सेमिनार गर्ने गरिरहेको र नेपालमा पनि सहयोग गरिरहेको छ। Gyeonggi-do malticulture rotary 2019- 2022 को अध्यक्ष भएर काम गरिसकेका गुरुङ पहिले देखि नै भुकम्प आउदा होस् या नेपालमा वाढिपहिरो लगायतका प्राकृतिक प्रकोप ,कोरोना जस्ता आपत बिपत मा परेका नेपाली हरुका हितैषी भएर काम गरेतापनि आफ्नो व्यक्तिगत प्रचारप्रसारको लागि बिरामी भेट्न गएर सेल्फी खिच्ने तथा सामाजिक काम गरेको तस्बिर हरु नहाल्ने अनि सस्तो प्रचार गर्न नरुचाउने व्यक्तिमा गनिन्छ। यसरि व्यक्तिगत प्रचारप्रसार नगर्नाले उहा बाट सहयोग पाउने बाहेक अरु तिर हल्ला नहुने र केहि नगरेको जस्तो देखेतापनि अहिले पनि सुवन क्षेत्र को औपचारिकरुपमा प्रहरीको भाषा अनुवादक भएर सेवा दिदै आइरहनुभएको छ। अन्य अध्यक्षका उम्मेदवार हरु भन्दा आफु सँग समय र कोरियाको immigration सम्बन्धित knowledge र कोरियन भाषामा पनि दख्खल भएका कारण बुद्दि गुरुङ अध्यक्षका रुपमा आफु एक बलियो उम्मेदवार रहेको बताउनुहुन्छ।

 

Gyeonggi-do malticulture rotary 2019- 2022 को अध्यक्ष हुने बेला

सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका गुरुङ अनेक समस्याहरु आइपर्दा ‘हामी नेपाली एक हौं ‘ भन्ने भावाना का साथ जुन ठाउँमा गयो त्यही सहजै घुलमिल हुनसक्ने खुबी भएका कारण अहिलेपनि सुवन वरपरका क्षेत्रमा एउटा प्रचलित हुनुहुन्छ। काठमाडौंलाई मात्र नेपाल सम्झीने नेपाली नेताहरुको रोग जस्तै कोरियामा पनि दोङदेमुनलाई मात्र नेपाली राजनीतिको केन्द्र बिन्दु मान्ने नेताहरुलाई गतिलो पाठ पढाउनको लागि र दोङदेमुन सहित बाहिरी सहरहरूलाई समेत समेट्नुपर्छ भन्ने धारणाका साथ आफुले उम्मेदवारी घोषणा गरेको उम्मेदवार बुद्धि गुरुङले जानकारी दिनुभयो। साथै आफ्नो सो कदमलाई कोरियामा रहेका सम्पूर्ण नेपालीहरुले स्वागत गरि आफुलाई भारी मतले बिजयी गराउने कुरामा पनि वहाँ ढुक्क हुनुहुन्छ।

        नयाँ सोच बोकेका युवाहरु, दोङदेमुनमै रहेरपनि फरक धारणा राख्ने नेपालीहरु र बिशेषगरी दोङदेमुन बाहिरका नेपाली बाहुल्यता भएका सहरहरू वेजम्बु, सुवन, फेन्थेक, आन्सान, थेगु, थेजन, बुसान र गजेदोबाट समेत आफुलाई प्रसस्त भोट आउने कुरामा विश्वस्त हुनुहुन्छ गुरुङ। 

     बिगतमा तमु धिं द. कोरियाको कार्यसमितिमा रहेर काम गरि सकेको हुदा बिशेष गरी तमु धिं र आत्मिय तथा निकतम सम्बन्ध भएकोले मगर संघ, तमाङ सघं, किरात याक्थुङ चुम्लुङ र अन्य जातिय संगठनहरुबाट पनि आफुलाई पर्याप्त सहयोग प्राप्त हुने त्यसै गरि कास्कीको बासिन्दा भएकोले गर्दा कास्की परिवार दक्षिण कोरिया र कास्की आसपासका लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ र अन्य कोरियामा भएका बिभिन्न क्षेत्रीय संघ संस्थाहरुबाट पनि अरुलाई भन्दा आफुलाई बढी भोट आउनुका साथै जन सम्पर्क समिति कोरियाबाट समेत आफुलाई उल्लेख्य रूपमा भोट आउने कुरामा आफु ढुक्क एबम् बिश्वस्त रहेको जानकारी गराउनुभएको छ।

 सामाजिक काममा सहयोग गर्दै बुद्दि गुरुङ 

 वहाँकै शब्दमा भन्नुपर्दा अहिलेको परिस्थितिमा काम गर्न सक्ने क्षमताको साथै कुशल नेतृत्व प्रदान गर्न सक्ने खुबी आफुमा भएको र अहिलेको माहोल तथा जन लहरपनि आफ्नो पक्षमा भएकोले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नु हुन्छ।

 अन्तमा आफ्नो भावनाको कदर गरि कोरियामा रहेका सम्पूर्ण नेपालीहरुलाई आफ्नो अमूल्य मत आफुलाई दिनको लागि अनुरोध पनि गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Nejlepší online casino: Srovnání zákaznického servisu a live chat odezvy

Nejlepší online casino: Srovnání zákaznického servisu a live chat odezvyJako odborník na online hazardní hry Jirí Novák jsem se ro...

So erkennen deutsche Nutzer die echte Domain mit ICE Casino Phishing-Schutz

So erkennen deutsche Nutzer die echte Domain mit ICE Casino Phishing-SchutzHallo, mein Name ist Max Müller, und ich bin leidenscha...

Průvodce světem free spinů: Max Casino a jejich volné otočky

Průvodce světem free spinů: Max Casino a jejich volné otočkyJmenuji se Martin Novák a jsem nadšenec do online hazardních her. V to...

Jak ‘Hit Rate’ ovlivňuje volbu her pro online automaty?

Jak 'Hit Rate' ovlivňuje volbu her pro online automaty?Jsem Jan Novák, odborník na online automaty a herní strategie. Při výběru n...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×