
के के चाहिँ भोग्नुपर्ने त आखिर मान्छेले, के लेखिदिएको हुन्छ भाबीले खप्परमा । लेखेको भोग्नैपर्ने कस्तो यो जिन्दगी, आँखा नदेख्ने र हिड्न नसक्ने यी आमाको कथाले कसको पो मन नछुला र, आमाछोरा नै दिनभरी माग्छन तर राती भोकै सुत्नुपर्ने अबस्था आउँछ ।
छोरोले आमा डोर्याएको र आमा घिस्रीदै हिडेको यो दृश्यले नै कहाँ कम बिडम्बनापुर्बक छ र ! उनिहरुको घरको अबस्था हेर्दा जो कोहिँको आँसु आँउछ, घरमा छ भन्ने कुरा केही नै छैन । पर्बत जिल्लामा बस्दै आएकी यी आमा ले मा गेर नै आफ्नो गुजा रा चलाउँदै आएकिछिन ।
हातखुट्टा भए त श्रम गरेर खाउला भन्ने हुन्थ्यो तर त्यो पनि छैन यी आमामा, न गरेर खानु न मरेर जानू भएको छु मा गेर खान जान पनि नसक्ने अबस्थामा पुगिसके अब त भन्दै भक्कानिन्छिन उनी ।
Post Views: 265









