Advertisement
Advertisement

आजको राशिफल: २०८२ असार २७ गते शुक्रबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भाग्य तथा राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाको प्रभावले सामाजिक क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मित्र तथा आफन्तको सहयोग पाइने हुनाले दैनिकी सहज रूपमा बित्नेछ । सङ्गीत तथा फिल्मी क्षेत्रमा केही समय व्यतीत हुनेछ । नयाँ काम पाइने तथा नोकरीमा पदोन्नतिको गतिलो योग रहेको छ । व्यापार वा वित्तीय क्षेत्रको लगानीबाट लाभ लिन सकिनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । प्रेमिल जोडीहरूका लागी समयले साथ दिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले भौतिक सम्पत्ति तथा विलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट आर्थिक सहयोग पाइनेछ । न्यायिक निर्णय तपाईँ आफ्नै पक्षमा फैसला हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा विलासी समानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । तर पनि भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सन्तान तथा आफन्तको साथले राम्रा काम गर्न सकिनेछ । शत्रुले दुख दिन खोजे पनि अन्ततः उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ । न्यायालयमा हुने सुनुवाइ तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यवसायमा प्रशस्त आम्दानी हुने तथा पुराना कारोबारहरूलाई सल्टाउने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । व्यापार र वित्तीय क्षेत्रमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिहानको समय राम्रो रहेकोले निर्माण सामाग्री तथा दैनिक उपभोग्य सामानको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दूरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाइने हुनाले आट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रूढिवादी परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रूपान्तरण गर्नमा तपाईँको सक्रिय भूमिका रहनेछ । साँझपख मेसिनरी सामानको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरूको विश्वास गर्नाले धोका पाइनेछ भने आश्वासन बाँड्नेदेखि सजग रहनुहोला । एकपटक हुने काम पुनः अर्कोपटक गर्नुपर्ने अवस्था आउनेछ । व्यापारमा मन्दी आउनाले अर्थ अभावले सताउनेछ । अध्ययनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । तर पनि राजनीति तथा सामाजिक क्षेत्रमा राम्रो काम गर्न सकिने हुनाले मान सम्मान प्राप्त हुनेछ । वित्तीय क्षेत्रमा गरेको लगानीबाट लाभ लिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिहानको समय उत्तम रहेकोले दैनिक उपभोग्य सामान, निर्माण सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागी अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने ग्रहयोग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×