कोरियन भाषा अध्ययन गर्न चाहने सम्पुर्ण पाठकवर्गहरूलाई लक्षित गरेर डा. बिवेक तामाङद्वारा लेखिएको ‘वृहत् कोरियन व्याकरण’ पुस्तक कोरियामा सर्वत्र बजारमा उपलब्ध छ।
कोरियाको अनलाइन सपिङ्ग कुपाङ् (쿠팡) मार्फत पुस्तक खरिद गर्न सक्नुहुनेछ। EPS-TOPIK, KIIP Level Test, TOPIK I, TOPIK II जस्ता कोरियन भाषाको सम्पुर्ण परीक्षाहरूको तयारीको लागि उपयोगी यस पुस्तकमा २५०+ व्याकरणहरूको सरल व्याख्या गरिएको छ। साथै EPS-TOPIK को पाठ्यपुस्तकमा भएका सम्पुर्ण ६० पाठको शब्दार्थ पनि यस पुस्तकमा समावेश गरिएको छ।
कोरियामा आफ्नो विद्यावारिधीको अध्ययनमा रहदाँ कोरियन भाषाको राम्रो अध्ययन गरि TOPIK Level 6 प्राप्त गरेका डा. तामाङले लगातार EPS-TOPIK, KIIP Level Test, TOPIK I, TOPIK II, KIIP Level 0 to 5 जस्ता कोरियन भाषाको विभिन्न तहका कक्षाहरू अनलाइन मार्फत संचालन गर्दै आएका छन्। कोरियन भाषाको अध्ययन अध्यापनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल डा. तामाङलाई facebook, tiktok, YouTube जस्ता सामाजिक सञ्जालमा `Learn Korean with Bibek´ नामबाट भेटाउन सक्नु हुनेछ।









