Advertisement
Advertisement

आजको राशिफल : २०८० चैत २ गते (शुक्रवार)

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि भएकाहरूका लागि समय शुभ रहेको छ। नोकरी गर्नेहरुको लागि राम्रो मौकाहरु आउन सक्छन् भने व्यवसाय गर्नेहरुले राम्रो नाफा बनाउन सक्छन्। स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ। विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने रहेको छ। शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि भएकाहरूका लागि समय सामान्य रहन सक्छ। महत्वपूर्ण कामहरु सुरु नगर्नु नै बेस होला। स्वास्थ्य पनि सामान्य नै रहनेछ। धार्मिक, सामाजिक तथा परोपकार तिर लाग्दा मनमा शान्ति मिल्ला। पारिवारिक सम्बन्ध सामान्य रहनेछ भने विद्यार्थीले मेहेनत गर्दा पढाई राम्रो रहन सक्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि भएकाहरूका लागि समय त्यति अनुकूल रहेको छैन।नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसायमा संलग्न व्यक्तिलाई हानी हुन सक्छ। पेट दुख्ने तथा चोटपटक लाग्न सक्ने भएकाले खानपिनमा र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। पारिवारिक असमझदारी र विद्यार्थीको पढाईमा मन नजान सक्छ। प्रेम जीवनमा पनि असमझदारी हुन सक्ने भएकाले विचार गर्नुपर्छ l

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कर्कट राशि भएकाहरूका लागि समय राम्रो रहेको छ। व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ। पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुन सक्छ। पारिवारिक जीवन र प्रेम जीवनमा समझदारी र विश्वास रहन सक्छ। विद्यार्थीको पनि पढाईमा प्रगति हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आर्थिक क्षेत्र सम्बन्धि अर्थात् बैंक, फाइनान्स आदि क्षेत्रमा काम गर्ने व्यक्तिले विशेष लाभ प्राप्त गर्न सक्छन्। धनको बचत र दीर्घकालीन लगानी हुन सक्छ। सुनचाँदी वा अन्य वस्तुको खरिद हुन सक्छ। स्वास्थ्य, पारिवारिक जीवन, प्रेम जीवन तथा विद्यार्थीको पढाई सम्बन्धि क्षेत्रहरु राम्रो रहन सक्छन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले राम्रो प्रगति गर्न सक्छन् भने अन्य क्षेत्र सामान्य रहन सक्छ। हतारको निर्णयले पछुताउनु पर्ने हुन सक्ने भएकाले निर्णय गर्दा विचार गर्नुपर्छ। अनावश्यक यात्रा हुन सक्छ। पारिवारिक जीवन सामान्य रहन सक्छ। विद्यार्थीले मेहेनत गर्दा सफलता पाउन सक्छन्। प्रेम जीवन राम्रो रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)यात्रामा अवरोध र लेनदेनमा घाटा हुन सक्छ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । छातीमा खराबी तथा पेटमा समस्या आउन सक्छ। समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ । पारिवारिक र प्रेम जीवनमा शंका तथा अविश्वास हुन सक्छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)वृश्चिक राशि भएकाहरूका लागि चन्द्रमाको गोचर तेश्रो राशिमा रहेकाले गर्दा समय राम्रो रहेको छ । व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । आफूभन्दा तल्ला तहका कर्मचारीबाट राम्रो सहयोग मिल्न सक्छ। परिवारमा रमाइलो हुन सक्छ भने प्रेमीको साथ रमाइलो छोटो यात्रा हुन सक्छ। विद्यार्थीले पढाईमा प्रगति गर्न सक्नेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)मुख वा दाँत सम्बन्धि समस्या आउँन सक्छन्। स्वास्थ्य पनि त्यति सबल रहँदैन र मनमा उत्साहको कमी हुन सक्छ। लेनदेन गर्दा आफुलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउनुपर्छ। प्रेम जीवन तथा पारिवारिक जीवनमा सामान्य असमझदारी देखिए पनि तुरुन्तै हट्नेछ। विद्यार्थीको पढाई सामान्य रहन सक्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । नयाँ काम गर्दै हुनुहुन्छ भने समय शुभ रहेको छ । आफन्तका बीच भेटघाट र परिवारसँग मनोरन्जनात्मक कार्यमा सरिक हुन सकिन्छ। विद्यार्थीको पढाईमा ध्यान जान्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)कुम्भ राशि भएकाहरूका लागि चन्द्रमाको गोचर बाह्रौं राशिमा रहेकाले गर्दा समय खराब रहेको छ । स्वास्थ्यमा पेट तथा खुट्टासम्बन्धि समस्या आउन सक्छ। परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ। पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)व्यवसायबाट राम्रो फाइदा निकाल्न सकिनेछ। कृषि तथा उद्योगमा पनि राम्रो लाभ हुनेछ। कामबाट पनि आर्थिक लाभ मिल्नेछ। आवश्यकता परेको ठाउँमा दाजुभाईको सहयोग मिल्न सक्छ। परिवारमा मेलमिलाप रहनेछ र प्रेम जीवनमा पनि आत्मीय सम्बन्ध हुन सक्नेछ। पढाईमा पनि राम्रो सफलता मिल्न सक्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Mostbet Güncel Review: What You Need to Know Today

Mostbet Güncel Review: What You Need to Know TodayMerhaba, ben Ahmet Yılmaz. Bugün, özellikle çevrimiçi kumar severler için popüle...

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend Transition

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend TransitionThe JeetCity Loyalty Program is a revolutionary initiat...

Exploring The Integration of AI in JeetCity’s Game Recommendations

Exploring The Integration of AI in JeetCity’s Game RecommendationsThe advent of artificial intelligence (AI) has significantly tra...

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×