Advertisement
Advertisement

नक्कली सर्टिफिकेट विवाद, हत्या आरोपमा क्रान्तिकारीकी अध्यक्षलाई पक्राउ पुर्जी

Advertisement
Advertisement

 

१५ वर्षअघिको हत्या घटनामा अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई खोज्दै प्रहरी

सुर्खेत — १५ वर्षअघिको हत्या घटनामा अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको आरोपमा उनीसहित ६ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका विषयलाई लिएर वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालयमा अध्ययनरत राजबहादुरको २०६५ फागुन २६ मा हत्या भएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले किटानी र बुबा नन्दबहादुरले १४ वर्षपछि २०७९ साउन १३ गते पूरक जाहेरी दिएका थिए । मृतकका बुवाले प्रहरीमा दिएको जाहेरीमा क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ४५ जना माओवादी कार्यकर्ताले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सुर्खेत बहुमुखी क्याम्पसमा भर्ना भएको उल्लेख छ ।

छोराले त्यसविरुद्ध आवाज उठाएपछि हत्या भएको नन्दबहादुरको आरोप छ । उनका अनुसार वीरेन्द्रनगर–३ स्थित तातापानीमा आफन्तको घरमा बस्ने राजबहादुर बसपार्कमा खाना खान्थे । खाना खाएर फर्कंदै गर्दा तत्कालीन अखिल क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य सिंहसहितका माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राजबहादुरको देउती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनामा सिंहसहित कालीकोटका पदमबहादुर रावत, बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल र अली कार्कीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।अधिकांश आरोपित तत्कालीन माओवादीको छैटौं डिभिजनका लडाकु थिए । आरोपीहरू कहाँ छन् भन्नेबारे जानकारी रहेको र उपयुक्त समय आएपछि पक्राउ गरी कानुनी दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए ।

अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले भने झूटो आरोप लगाएर संगठनका अध्यक्षमाथि मुद्दा लगाउन खोजिएको बताए । ‘यसमा राजनीतिक प्रतिशोध प्रस्ट देखिन्छ,’ उनले भने, ‘प्रहरीले झूटा मुद्दा लगाएर फसाउन खोजेको देखियो, यदि यो सच्याइएन भने हामी त्यसविरुद्ध आन्दोलनमा जानेछौं ।’

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×