नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा रिक्त पद पूर्ति, हरि थापा देखि अजय सोडारी सम्म अटाए

विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवाश कमिटी अन्तर्गतको नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटिमा १७ तारिख बसेको जुम भर्चुअल माध्यम बाट सम्पन्न पाचौँ पूर्ण बैठकवाट रिक्त पद पूर्ति गरेको छ।
सङ्गठनका प्रमुख सल्लाहकार दिलिप धिताल,सल्लाहकार श्रीप्रसाद श्रेष्ठ,सल्लाहकार सोम तामाङ सल्लाहकार हर्क केसीको उपस्थितीमा सङ्गठनका अध्यक्ष ईश्वर कठायतको अध्यक्षतामा मिति सेप्टेम्बर १७ तारिखका दिन जुम भर्चूअल माध्यमबाट सम्पन्न गरिएको वैठकबाट मञ्चमा लामो समय देखि रिक्त रहेको पद पूर्ति गरिएको हो। वैठकमा सङ्गठन सुधृढीकरण,सदस्यता वितरण,क्षेत्रीय कमिटी बिस्तार लगायत अन्य बिभित विषयमा घनिभूत छलफल गरी बिगत केही समय देखी केन्द्रीय कमिटिमा खाली रहेका पदहरुमा मनोनयन गरी कमिटीलाइ पूर्णता दिने निर्णय सर्वसम्मत रुपमा पारित गरिएको हो।
वैठकबाट उपाध्यक्षमा नविन पराजुली ,सचिवमा नविन परियार र हरी थापा सहकोषाध्यक्षमा रामदेब बिष्ट यसैगरी केन्द्रीय सदस्य हरुमा चरित्र शाही ,सुरज किराँती ,सुशील रेग्मी ,पूर्ण बहादुर बुडा(अजय सोडारी),रुक्मा बम,राम बहादुर ओली (राकेश ओली ) चयन भएका हुन् ।यसका साथै केन्द्रीय सदस्यमा दुई जना पद पूर्ती गर्न अझै बाँकी रहेकोले त्यसमा सदस्य मनोनयन पदाधिकारीको बैठकले गर्ने समेत निर्णय भएको छ महासचिव रुद्रबहादुर थापा ले जानकारी गराए।









