Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाको चुनाव र पीत पत्रकारिताको प्रभाव

दक्षिण कोरियामा आगामी जुलाइ २९/३० तारिख गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको नवौं महाधिवेशन हुने तय भएको छ । जति महाअधिवेशन नजिकिँदैछ, त्यति नै मात्रामा उम्मेदवारहरूको प्रचार–प्रसारले तीव्रता पाएको छ । 

आसन्न चुनावमा विपिन कुमार गुरुङ, बुद्दी गुरुङ र सन्जिब कुमार राइ ३ जना अध्यक्षमा उम्मेदवारी दिदै प्यानल सहित नै खडा भएका छन्। चुनावको लागि अध्यक्ष तथा प्यानल हरुको संकल्पपत्र, घोषणापत्र र प्रतिबद्धता पत्र सार्वजनिक गरिरहेका छन् । मतदातालाई प्रभावित गर्नका लागि गर्न सक्ने र गर्न नसक्ने पनि प्रतिबद्धता सार्वजनिक भइरहेका छन् । उम्मेदवार यथार्थपरक प्रतिबद्धताका आधारमा मत माग्नुपर्ने हो । तर, त्यो कुरा गौण हुन्छ र मुख्य कुरा जे–जसरी भए पनि मतदातालाई आफूतिर आकर्षित गर्ने हो र चुनावमा विजयी हुने हो । यस्तो पेचिलो अवस्थामा सञ्चार क्षेत्रको निष्पक्ष, स्वतन्त्र र विश्वासिलो भूमिका आवश्यक हुन्छ । यथार्थलाई बंग्याएर, गलत कुरालाई फूलबुट्टा भरेर सही सावित गरेर र तथ्यलाई तोडमरोड गरेर जनतालाई झुक्याउनु गलत मात्र होइन, अन्तिममा ध्वंशात्मक पनि हुन्छ । नगरेको राम्रो कामलाई गरेको भन्ने थोरै कामलाई धेरै देखाउने वा विपक्षीले गरेका कामलाई थोरै देखाउन प्रयत्न गर्न सक्छन् । यस्तो अवस्थामा पत्रकारिता क्षेत्र बहकिनु हुँदैन । तर आज मात्र कलम नेपाल भन्ने अनलाइन मिडियाले अध्यक्षका उम्मेदवार बिपिन कुमार गुरुङ र सन्जिब राइको बारेमा कपोलकल्पित खबर लेखेको भनेर बिपिन गुरुङले ध्यानाकर्षण भएको भनेर लेखेका छन्।

कुनै प्यानल वा कुनै उम्मेदवारको बहकाव वा आर्थिक प्रलोभनमा परी अन्धसमर्थकको रूपमा सञ्चारकर्मीले आफूलाई प्रस्तुत गर्नुहुँदैन । तत्काललाई कसैलाई वा कुनै प्यानललाई त्यसबाट फाइदा होला वा बेफाइदा होला, तर सञ्चारकर्मीको विश्वसनीयता माथि सधैँका लागि प्रश्न उठ्छ । दशकौं खर्चेर कमाएको विश्वास र इमान्दारिता केही दिनमा सकिन पनि सक्छ । सञ्चारकर्मीले बुझ्नुपर्छ– पीत पत्रकारिता झुठको खेती गर्ने पत्रकारिता हो । यो टिकाउभन्दा बिकाउ पत्रकारिता हो । पीत पत्रकारिताले जसरी पनि कन्टेन्ट बिकाउने उद्देश्यबाट प्रेरित भई लेखिने समाचारको सहयोग लिन्छ जसमा तथ्य कम र कथ्य बढी हुन्छ । पाठकका आँखालाई आकर्षित पार्नेगरी रचिएका समाचारका शीर्षक र सस्ता तस्वीरहरूको प्रयोगले पाठक भ्रमित हुन जान्छन् । यसभित्र आँखालाई आकर्षित गर्ने खालका सामग्रीमा ठूला अक्षर, उत्तेजक अभिव्यक्ति, रङ्गीन तस्वीर र चित्रहरूको प्रस्तुति पर्दछन् । समाचारमा परिचय नखुल्ने अज्ञात स्रोतहरूको प्रयोग र सथ्य–तथ्य सामग्रीभन्दा आँखा लोभ्याउने साजसज्जामा जोड र तिललाई पहाड बनाए झैं बढाइचढाइयुक्त सूचना सम्प्रेषण जस्ता प्रवृत्ति पीत पत्रकारिताका खास विशेषताहरू हुन् ।

सबैभन्दा सरल वाक्यमा भन्ने हो भने मिडियाको बिक्री बढाएर पैसा कमाउने होडबाजीका लागि पत्रकारहरूले जे–जस्ता पासाहरूको प्रयोग गर्छन् ती सबै कृत्यहरू पीत पत्रकारिताभित्र पर्छन् । यसमा तथ्यहरूको तुलना र सम्प्रेषणभन्दा पाठकलाई उल्लु बनाउने झूठ सामग्री, फतुर गफगाफ र बकवासको बाहुल्य रहन्छ । नेपाली पत्रकारिताको सन्दर्भमा सूचनाको बढाइचढाइ, राजनीतिक पूर्वाग्रह प्रेरित भएर कुनै अमूक पार्टीको स्वार्थसिद्धिका लागि क्रियाशील सञ्चारमाध्यमले गर्ने विचारको प्रबद्र्धन वा नियोजन, गहिराइमा नपुगी सतहबाट बटुलिएका सूचनाहरूलाई नै सम्पूर्ण सत्य मानेर गरिएको सम्प्रेषण, विवादित विषयमा गरिएको एकतर्फी पक्षपोषण, विज्ञापन नपाएको बदलामा समाचार लेखेर प्रतिशोध साँध्ने प्रचलन आदि सबै पीत पत्रकारिताका नमूना हुन् ।

यसखालको पत्रकारिता कसैले नियतबस गरोस् वा नजानेर गरोस्, त्यो पत्रकार पीतपत्रकारिताको हिमायती ठहर्छ । यस्ता प्रवृत्तिले स्वच्छ र व्यावसायिक पत्रकारिता पेशाको प्रबद्र्धन हुन दिँदैन । यस्तो पत्रकारिताले समाजमा उठेका समस्याहरूलाई समाधान दिँदैन, बरु समाधानको यात्रामा व्यवधान पुर्याउँछ । देश र दुनियाँलाई अग्रगतिको बाटोमा डोर्याउनुको साटो खतिको खाल्डोमा धकेल्छ । पीत पत्रकारिताको विकास अस्वस्थ प्रतिष्पर्धाबाट हुन्छ । यस्तो होडबाजी गैरव्यावसायिक, अस्वस्थ र आफ्नै अस्तित्वका लागि घातक हुन्छ । जसरी पनि धन आर्जन गर्ने प्रतिष्पर्धामा यस्तो विकृतिको जन्म हुन्छ, जसले पत्रकारितामा कहिल्यै नमर्ने भाइरस भएर सताइरहन्छ ।

 पीत पत्रकारिता निच पत्रकारिता हो, यसले आचारसंहिताको पालना गर्ने कल्पना पनि गर्दैन । यसले नागरिकलाई गलत समाचारबाट हायल कायल बनाउँछ । यसले समाजसेवी, राजनेता र असल व्यक्तित्वलाई हिलो छ्याप्ने गर्छ । निम्नस्तरका टिप्पणी, कपोलकल्पित भिडियो संवाद, आधारहीन र तथ्यहीन समाचारका साथै अति नै तुच्छ प्रकृतिका शब्द चयनले यस्तो पत्रकारिता बदनाम भएको छ । विषवमन गर्नकै लागि पीत पत्रकारिताको जन्म भएको हो, जसले प्रस्तुत गर्ने निरन्तरका निराधार र बिना प्रमाणका झुठ समाचारले गर्दा नै सञ्चार जगतको नागरिकसँगको हार्दिकतापूर्ण सम्बन्ध समाप्त हुन्छ । व्यक्तिको नैसर्गिक स्वतन्त्रतामाथि धावा बोल्ने अधिकार सञ्चार जगतलाई हुन्न । यसमा तथ्यहरूको तुलना र सम्प्रेषणभन्दा पाठकलाई उल्लु बनाउने झूठ सामग्री, फतुर गफगाफ र बकवासको बाहुल्य रहन्छ ।

सनसनी मच्चाउने सामग्रीको सहारा लिएर मात्र पत्रकार स्थापित हुनसक्छ भन्नु गलत हो । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै जाति भन्ने नेपाली उखानै छ । तसर्थ, नेपाली पत्रकारिता जगतले पीत पत्रकारिताको महारोगबाट जोगिन बेलैमा सचेत हुन जरुरी छ । निर्वाचनका बेलामा त झन पीत पत्रकारिताको महाजालबाट जोगिन जरुरी छ । प्रेसको स्वतन्त्रताको अर्थ झूटा र कपोलकल्पित समाचारहरू प्रकाशित गरेर कसैको इज्जत वा चरित्रमाथि आक्रमण गर्नका लागि छुट हुनुपर्दछ भन्ने होइन । निराधार र कपोलकल्पित समाचारहरू प्रकाशित गरेर मात्र पत्रकारिता हुन सक्छ भनी मान्ने गलत धारणाबाट पत्रकारिता जगतलाई जोगाउँदै त्यसप्रकारको अमर्यादित व्यवहारबाट सञ्चार जगतलाई बचाउन आवश्यक छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×