जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाले बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने

विशाल श्रेष्ठ/ दक्षिण कोरिया: “प्रवासी भूमिमा हाम्रो एकता,हरेक दु:ख-सुखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मुलनारा लिएर कोरियामा रहेका गोरखा बासि हरु मिलेर स्थापना भएको नेपाल गोरखा परिवार दक्षिण कोरियाले २०२३ जुलाई २२/२३ मा बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ।
मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको नेपाली हरुको बुद्धको मूर्ति भएको आसपासका स्थान 용인 सहरको 로드 47 펜센,용인 मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ७०००० वन र पुरुष हरुको हकमा ९०००० वन शुल्क 고르카 패밀리 코리아 को IBK BANK को खाता नम्बर 21510568604016 मा ट्रान्सफर गरेर सिट सुरक्षित गर्नुपर्ने छ।

कार्यक्रम समापन पश्चात हाम्रो देश नेपालको पहिचान समेत बोकेको बौद्ध मन्दिर भ्रमण पनि गरिने आयोजकले जनाएको छ। जुन 용인 सहरमा अवस्थित प्रख्यात बौद्ध मन्दिर 와우정사 भन्ने नामले परिचित छ जहाँ हाम्रो नेपालको छुट्टै मन्दिर पनि रहेको छ।

जुलाई २२/२३ मा नेपाल गोरखा परिवार दक्षिण कोरियाको बृहत भेटघाट तथा वनभोज कार्यक्रम २०२३ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य, खेलाडी लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, पत्रकार एवं सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत दक्षिण कोरिया बासि सम्पुर्णमा उपस्थितीका लागि आयोजकले अनुरोध गरेको छ।
कार्यक्रम स्थान तथा घुम्न जाने स्थानको तस्बिर हरु:










