Advertisement
Advertisement

एनआरएनए कोरियाको नेतृत्वका लागि केन्द्रमा तछाडमछाड क्षेत्रमा अत्तोपत्तो छैन 

Advertisement
Advertisement

एनआरएनए कोरियाको नेतृत्वका लागि केन्द्रमा तछाडमछाड क्षेत्रमा अत्तोपत्तो छैन उम्मेदवार हरुनै २ मान वन हाल्दिएर कम्पनी कम्पनी गइ सदस्यता भर्दिदै,क्षेत्रमा बसिदेउ भनेर विन्ति गर्नु पर्ने परिस्थीती देखि लिएर एनआरएनए कोरियाको वेवसाइटमा नया कार्यसमिति चयन भएको दुइ वर्ष बित्न लागिसक्दा पनि पुरानै कार्यसमितिको विवरण

विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विभिन्न राजनीतिक दल मा आवद्ध व्यक्ति हरु प्यानलनै खडा गरेर चुनावमा होमिएका छन् भने यता क्षेत्रमा हेर्दा चुनावि चहलपहल करिब शुन्य नै देखिन्छ।

एनआरएनए संस्थाको सबैभन्दा आकर्षक र शक्तिशाली पद भनेको अध्यक्ष नै हो र यो झन्डै झन्डै अध्यक्षात्मक प्रणालीबाटै नै चल्ने गरेको छ । त्यसकारण एनआरएनए दक्षिण कोरियाको भावी अध्यक्ष को होला भन्ने चासो र चर्चा सर्वत्र कोरियामा रहेका नेपालीहरुको खुल्दुलीको विषय भएको छ।

“NRNA को विधान अनुसार NRNA कुनै राजनीतिक सस्था नभएर बिदेशमा रहने नेपालीको संस्था भएकोले निर्वाचनमा पनि पार्टी विशेष वा प्यानल खडा गर्न मिल्ने छैन भनेर स्पष्ट लेखेको छ तर विभिन्न आमुख दल हरु तथा जिल्ला , सस्था हरुले नै आधिकारिक रुपमा आफ्नो उम्मेदवार भनेर नै घोषणा गर्दै प्रचारप्रसार गरिरहेको छ।”

केन्द्रमा भने विभिन्न पदका आकांक्षी हरु पद पाउनको लागि दौडधुप, प्रचार-प्रसार र लविङ गर्ने काम तीब्र गति मा बढ्दै गएको छ आज एउटा प्यानल भोलि अर्को प्यानल गर्ने त कोहि खालि ठाउ भर भने जस्तै खाली ठाउ भरेर आफ्नो टिम पुरा गर्नकै निम्ति तान्दै आफ्नो प्यानलमा हालेको पनि पाइन्छ। तर केन्द्र मा दिन रात चहलपहल हुदा यता दक्षिण कोरियामा रहेको विभिन्न क्षेत्रिय समिति हरुको नया नेतृत्व बारे हल्ला त के सल्ला समेत भैरहेको छैन। विधानमा स्पष्ट रुपमा क्षेत्रिय समितिको अधिवेशन दक्षिण कोरिया केन्द्रले तोक्ने भनिएको छ तर केन्द्रकै अधिवेशन जुलाइ ८/९ तारिखमा हुन लागिसकेको सन्दर्भमा क्षेत्रमा भने अझै अध्यक्ष बनिदेउन ,क्षेत्रमा काम गरिदेउन भनेर हात जोड्नु पर्ने अवस्था देखिएको छ। सबैजनाको आखा केन्द्रकै vital post मा हुदा यता क्षेत्रमा भने नेतृत्व लिन चाहने मान्छेनै खोज्दै हिड्नु परेको छ। पछिल्लो समय केन्द्रको बिधानले क्षेत्रमा एक कार्यकाल काम गरिसकेको लाइ केन्द्रको माथिल्लो पदमा पनि उम्मेदवारी दिन मिल्ने प्रावधान खडा गरेको कारणले विभिन्न व्यक्ति हरुले आफ्नो क्षेत्रको अध्यक्ष संग कुराकानी गरेर क्षेत्रमा रातारात मनोनित सदस्य भनेर नाम थपेको पनि पाइएको छ।क्षेत्रमा प्रायः काम गर्न अनि वस्न चाहदैनन् सबैको नजर केन्द्रमै हुने भएकोले विधानले खास्सै नछुने एक कार्यकाल काम नगरेपनि हुने उपाध्यक्ष,सचिव,युवा संयोजक, कोषाध्यक्ष जस्तो पद हरुको लागि हानाथाप भएको पाइएको छ। 

यसै त एनआरएनए देख्ने भनेकै यहि चुनावताका १/२ महिना देखिन्छ अनि २ वर्ष सुनसान भन्ने कुरा त nrnakorea.org को अफिसियल वेबसाइटबाटै थाहा हुन्छ कि!! आठौं कार्यसमिति आएर आफ्नो कार्यकाल सकिन लाग्दा समेत वेवसाइटमा भने सातौं कार्यसमिति यग्यराज सुवेदी अध्यक्ष हुने पालाकै कोरियाको एनआरएनए कार्यसमिति भनेर उल्लेख गरिएको समेत अपडेट गर्न नसकेको बाटै पुष्टि हुन्छ

यसपाली केहि गर्ने हुटहुटीले आएको झै देखिने विभिन्न घोषणा पत्र लिएर आउने हरु प्राय उहि पुरानो अनुहार नै नया भेस बदलेर आउने मात्र हो साच्चिकै नया व्यक्ति केहि गर्छु नै भनेर आउने हरु करिब करिब छैन।

एनआरएनए सदस्यको लागि पहिलेनै मिति तोकेर बन्द गरिसक्नु पर्ने समय सकेतापनि फेरि मिति थप गरेर जुन ४ सम्म लम्बाइदिएर पनि अझै अर्को एकपटक सदस्यता नविकरण मिति थप्ने तरखरमा देखिन्छ। वास्तवमा क्षेत्रिय समिति हरुको काम कर्तव्य मध्य आफ्नो क्षेत्रमा सदस्यता विस्तार गर्ने र सदस्यता लिन आह्वान गर्ने पनि हो तर हालको NRNA को अवस्था हेर्दा विभिन्न प्यानलका उम्मेदवार हरुले EPS कामदार काम गर्ने कम्पनी मै गएर फर्म भराएर दुई मान वन दिएर चुनाव जित्नकै लागि सदस्यता बढाउने काम धमाधम रातारात भैरहेको छ।

एनआरएनए दक्षिण कोरियाको यस्मा ध्यानाकर्षण हुन जरुरी छ साथै क्षेत्रिय समितिको अधिवेशन मिति सकेसम्म चाडै घोषणा गरेर अधिवेशन सम्पन्न गर्न हुन पनि अनुरोध गरिन्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×