प्रमोद गिरी हिरोसिमा। जापानको मियागी प्रान्तमा नेपालीहरु सवार बस दुर्घटनामा परेको छ ।

करिब ४० जना नेपालीहरु काममा जाँदै गरेको अवस्थामा कम्पनीको बसमा सवार उनिहरु सवार बस दुर्घटनामा परेको हो । प्राप्तकर्ता जानकारी अनुसार मियागी प्रान्तको कुरिहारा शहरमा पर्ने तोहोकु एक्स्प्रेस वेमा कम्पनीतर्फ काममा जाने क्रममा नेपालीहरु सवार बसलाई ट्रकले ठक्कर दिएको हो ।
उक्त दुर्घटनामा परेर कम्तीमा दुईजना नेपाली अचेत रहेको र अन्य एक दर्जन बढी नेपालीहरु गम्भिर घाइते भएका छन् । जापानसमाचारलाई प्राप्त जानकारी अनुसार नेपालीहरु सवार बसमा प्राविधिक समस्या देखिएपछि चेकिङ्का लागि रोकिएको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको हो उक्त बसमा करिब ४० जना नेपालीहरु सवार रहेका थिए ।
बसमा सवार अधिकांश नेपाली विद्यार्थीहरु रहेको बुझिएको छ । रातको समयमा काम गर्न कम्पनी रातको समयमा काम गर्न कम्पनी जाने क्रममा उनीहरु रहेका थिए । सात बजे कम्पनीको बसमा चढेका उनीहरु साढे आठ बजे कम्पनीको कामबाट पुग्ने क्रममा थिए ।
बस दुर्घटना ८ बजेर ३ मिनेटमा भएको उक्त बसमा सवार एक नेपाली विद्यार्थीले जानकारी दिएका छन् । यसबारेको विस्तृत जानकारी आउन बाँकी रहेको छ।









