Advertisement
Advertisement

जेजुदोमा अप्रिल १२ मा राहदानी घुम्ती शिविर आयोजना हुने

Advertisement
Advertisement

दक्षिण कोरियाको जेजुदो क्षेत्रमा रहेका नेपालीहरुका लागि राहदानी सेवा सहज बनाउन “राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम” आयोजना हुने भएको छ। उक्त कार्यक्रम Embassy of Nepal, Seoul को आयोजना तथा Nepal Federation of Indigenous Nationalities (NEFIN) दक्षिण कोरिया जेजुदो क्षेत्रीय समितिको सहकार्यमा हुन लागेको हो।

उक्त शिविर आगामी अप्रिल १२, २०२६ (चैत २९, २०८२) मा जेजुदोमा सञ्चालन गरिनेछ। कार्यक्रममा विशेषगरी राहदानी नवीकरण सेवा तथा श्रमिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम समावेश गरिने जनाइएको छ।

राहदानी सेवा लिन चाहने सेवाग्राहीका लागि अनलाइन आवेदन फारम मार्च ३०, २०२६ सोमबार दिउँसो १२ बजेदेखि खुल्ने जानकारी दिइएको छ। सेवाग्राहीहरुले अनलाइन फारम भरेपछि प्राप्त हुने QR Code अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार सबै सेवाग्राहीको विवरण संकलन तथा व्यवस्थापनका लागि “राहदानी घुम्ती शिविर जेजु २०२६” नामक मेसेन्जर समूहमार्फत गुगल फारम उपलब्ध गराइनेछ। सो समूहमा सहभागी भई आवश्यक प्रक्रिया पूरा गर्न सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ।

शिविर बिहान ९ बजेदेखि सञ्चालन हुने बताइएको छ भने सेवाग्राहीहरुले आवश्यक कागजातहरु (पुरानो राहदानी, नागरिकता प्रतिलिपि, रेसिडेन्स कार्ड आदि) तयारी अवस्थामा राख्नुपर्नेछ। साथै शुल्क अनलाइनमार्फत भुक्तानी गर्नुपर्ने र केही सेवा शुल्क नगद तिर्नुपर्ने जानकारी पनि दिइएको छ।

जेजुदो क्षेत्रमा रहेका नेपालीहरुलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यो शिविरले राहदानी सेवा लिन सहज बनाउने अपेक्षा गरिएको छ। आयोजकहरुले सम्बन्धित सबैलाई समयमै आवेदन भरी सेवा लिन तथा सूचना अन्य नेपाली दाजुभाइ–दिदीबहिनीमा समेत सेयर गर्न आग्रह गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×