Advertisement
Advertisement

हवासङ नेपाल युनाइटेड फुटबल क्लबको आयोजनामा अप्रिल १९ तारिक छनानमा “2nd Hwaseong NFC Futsal Cup 2026” हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल फुटबल महासंघको सहकार्यमा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी अप्रिल १९, २०२६ मा कोरियाको छनान (Cheonan) स्थित फुटसल मैदान (천안시 동남구 신방동 645-1) मा सञ्चालन गरिने आयोजकले जनाएको छ।

“फुटबल प्रवासमा एकता, मनोरञ्जन, स्वस्थ जीवनको लागि आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा कोरियामा क्रियाशील विभिन्न नेपाली क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत सकारात्मक ऊर्जा फैलाउने विश्वास लिइएको छ।

प्रतियोगितामा विजेताले ३५ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई २० लाख वोन प्रदान गरिनेछ। त्यस्तै, सेमिफाइनल पुग्ने टिमलाई ४ लाख वोन तथा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही १ लाख वोन पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागिताका लागि ३ लाख ५० हजार वोन प्रवेश शुल्क तोकिएको छ भने दर्ताको अन्तिम मिति अप्रिल १२, २०२६ सम्म रहेको आयोजकले जानकारी दिएको छ।

कोरियामा रहेका सम्पूर्ण नेपाली फुटबल क्लबहरूलाई सहभागी भई प्रतियोगितालाई सफल बनाउन आयोजकले हार्दिक निमन्त्रणा दिएको छ। प्रतियोगिताले नेपाली समुदायमा खेलकुदप्रति आकर्षण बढाउने र स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×