दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको पुरानो तथा साझा संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) को १९औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले हर्क बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। नव–निर्वाचित कार्यसमितिमा विभिन्न प्रदेश र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, जसले संस्थालाई अझ समावेशी र सशक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ कार्यसमिति यसप्रकार रहेको छ:
• अध्यक्ष: हर्क बिष्ट
• बरिष्ठ उपाध्यक्ष: नारायण न्यौपाने (लुम्बिनी)
• महिला उपाध्यक्ष: हेमलता शर्मा (खुल्ला)
• उपाध्यक्ष: नारायण पौडेल (गण्डकी)
• उपाध्यक्ष: डेनराज सिजापति
• महासचिव: सुमन चौलागाईं (बागमती)
• सचिव: पदम राई (पूर्वी नेपाल)
• सचिव: भगवान तिवारी (बागमती)
• कोषाध्यक्ष: झलक बिष्ट (सुदूरपश्चिम)
• सह–कोषाध्यक्ष: सेकेन्द्र गुरुङ (गण्डकी)
• सदस्यहरू: रुद्र पौडेल (लुम्बिनी),
ध्रुव आचार्य (गण्डकी),
केशब श्रेष्ठ (पूर्वी नेपाल),
मेघा रेउले (कर्णाली),
खगेन्द्र गौतम (कर्णाली),
साकेन्द्र चनारा (कर्णाली),
निरोज तामाङ (बागमती)
महेन्द्र हाङसारुम्बा (पूर्वी नेपाल)
चयन भएका छन्।









