Advertisement
Advertisement

सलनालको अवसरमा सउलमा ‘जोन एन्ड दि लोकल्स’ को लाइभ कन्सर्ट फेब्रुअरी १७ मा हुने,टिकट GMoneytrans को एपबाट अनलाइन काट्न सकिने

Advertisement
Advertisement

दक्षिण कोरियामा रहेका नेपाली संगीतप्रेमीहरूका लागि लोकप्रिय ब्याण्ड ‘जोन एन्ड दि लोकल्स’ ले सउलमा भव्य लाइभ कन्सर्ट प्रस्तुत गर्ने भएको छ। धराने इभेन्ट्स कोरिया को आयोजनामा कोरियाली नयाँ वर्ष सलनाल को अवसर पारेर यही फेब्रुअरी १७ (मंगलबार) विशेष सांगीतिक कार्यक्रम आयोजना हुन लागेको हो।

‘जोन एन्ड दि लोकल्स’ को साउथ कोरिया टुर अन्तर्गत हुने यो कन्सर्ट सउल नजिकै रहेको माङ्वोल्सा स्टेशन (लाइन नम्बर १) गेट नम्बर ४ नजिकैको सिन्‍हान विश्वविद्यालय (신한대학교) परिसरमा आयोजना गरिने आयोजकले जनाएको छ। कार्यक्रम हलमा प्रवेश दिउँसो ३ बजेदेखि खुला हुनेछ भने कन्सर्टका लागि टिकट शुल्क ५० हजार कोरियन वन तोकिएको छ।

कार्यक्रममा मुख्य आकर्षणका रूपमा जोन एन्ड दि लोकल्स को लाइभ प्रस्तुति रहनेछ भने ओपनिङ ब्याण्डका रूपमा चर्चित समूह ‘फुल्याङ’ ले दर्शकलाई तताउनेछ। कार्यक्रमको सञ्चालन रेश्मा राई ले गर्नेछिन् भने डिजे आरएक्स (DJ RX) ले आफ्नो दमदार बिटमार्फत माहोल झनै रोमाञ्चक बनाउनेछन्।

दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै आयोजकले दोङ्देमुन स्टेशनको गेट नम्बर २ र ३ बाट कार्यक्रम स्थलसम्म निःशुल्क शटल बसको व्यवस्था समेत गरिएको जानकारी दिएको छ।

दक्षिण कोरिया टुर अन्तर्गत आयोजना हुन लागेको यो कन्सर्टलाई कोरियामा रहेका नेपाली समुदायबीच अत्यन्तै प्रतीक्षित सांगीतिक कार्यक्रम का रूपमा हेरिएको छ। कन्सर्टको अनलाइन टिकटिङ पार्टनर ‘जिमनी ट्रान्स (GMoney Trans)’ रहेको छ, जहाँबाट दर्शकहरूले सहजै टिकट प्राप्त गर्न सक्नेछन्।

कार्यक्रम सफल बनाउन विभिन्न संघ–संस्था, व्यवसायिक प्रतिष्ठान तथा सञ्चारमाध्यमहरूको व्यापक सहकार्य रहेको आयोजकले जनाएको छ। आयोजकले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली युवायुवती तथा संगीतप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली लाइभ संगीतको भरपूर आनन्द लिन आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×