Advertisement
Advertisement

विपिन गुरुङ अध्यक्ष रहेको एनआरएनएद्वारा श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा आउने 

Advertisement
Advertisement

विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले पहिलोपटक नेपाली श्रमिक र विद्यार्थीका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ।

विपिन कुमार गुरुङको नेतृत्वमा निर्वाचित एनआरएनए दक्षिण कोरियाको नयाँ कार्यसमितिले निर्वाचनको चार महिनाभित्रै यो सामाजिक कार्यको सुरुवात गर्न लागेको हो।

हेल्प डेस्कको औपचारिक उद्घाटन कार्यक्रम आउँदो अगस्ट १७ आइतबार, सउलको दोङदेमुनमा दिउँसो ४ बजेदेखि ५ बजेसम्म हुनेछ। त्यसपछि उक्त डेस्कले नियमित सेवा दिन थाल्नेछ।हाल दक्षिण कोरियामा नेपाली श्रमिक तथा विद्यार्थीहरूको संख्या तीव्र रूपमा बढ्दो छ। उनीहरूले कामको थलो, अध्यापन, स्वास्थ्य, भिसा, कानुनी समस्या लगायतका विभिन्न जटिलता भोग्नुपरेको छ। ती समस्या समाधान गर्न संस्थागत र समन्वित रूपमा यो हेल्प डेस्क सञ्चालनमा ल्याउन लागिएको हो।

यस अभियानमार्फत एनआरएनएले कोरियाली कानुनी व्यवसायी (lawyer) हायर गर्ने तयारी गरेको छ। साथै, संघकै कार्यसमितिबाट नियमित कर्मचारी खटाइने छन् भने सम्पूर्ण कार्यसमिति सेवा सहजीकरणमा सक्रिय भूमिका खेल्नेछ।

हेल्प डेस्कले निम्न समस्याहरूमा सहयोग पुर्‍याउनेछ:

 • भाषागत समस्या

 • कानुनी जटिलता

 • स्वास्थ्यसम्बन्धी समस्या

 • कार्यस्थलभित्र हुने विभेद वा दुर्घटना

 • भिसा, अध्ययन तथा करियरसम्बन्धी परामर्श

 • अन्य आवश्यक कानुनी प्रक्रिया र आवाजको सहारा

एनआरएनए कोरियाले आगामी दिनमा समाजसेवी, पत्रकार, संघसंस्था र विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूसँग सहकार्य गर्दै साझा मञ्चमा समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

यस ऐतिहासिक पहलमार्फत दक्षिण कोरियामा रहेका नेपाली समुदायको हक, अधिकार र समस्या समाधानमा एक नयाँ अध्याय सुरु भएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×