Advertisement
Advertisement

“सामाजिक क्रान्तिमा अबको बाटो”

Advertisement
Advertisement

जब प्राचीन साम्यवाद वा कविलाई राज्यबाट मानव समाजमा परिवारको उदय हुन्छ त्यसपछि निजी वा ब्यक्तिगत भन्ने शब्द प्रधान बन्नपुग्छ र परिवार-निजी सम्पत्तिले राज्य अर्थात एउटा वर्ग वा विचारले अर्का वर्ग वा विचारलाई नियन्त्रणमा लिने थलो राज्यको प्रादुर्भाव गराउ छ र राज्यको उत्पती हुन्छ । रोम साम्राज्य तिनै एक वर्गले अर्को वर्गलाई नियन्त्रणमा लिने पुरातन युग दासयुगले चिनिने युगको कहालीलाग्दो ईतिहास हो । तिनै दासयुगबाट नै समाजमा वर्गको उदय भयो । दासमालीकहरुले गर्ने चरम दमन शोषणको विरुद्ध विभिन्न कालखण्डमा विद्रोह भएको ईतहास हामी पाउछौं यसको वैज्ञानिक तर्क जहाँ निरपेक्ष दमनको पराकाष्ठा हुन्छ सापेक्षीत रुपमा त्यहा विद्रोह अनिवार्य हुन्छ । समाज विकास सगै उत्पन्न भएको विभिन्न संघर्ष र वर्गसंघर्षको रुप जताततै टकराए पनि मुलत मार्क्स र ऐंगेल्स द्वारा लिखित १८४८ को कम्युनिस्ट घोषणापत्र सगै समाजलाई ठोस रुपमा बुझ्ने र ब्याख्या गर्दै समाजलाई निचोडमा पुगाउन सक्ने मार्क्सवादी अर्थात द्वन्दात्मक भौतिकवादी सिद्धान्त समाजले पायो र समाजमा टकराउने विभिन्न वर्गहरु र वर्गीय अन्तरविरोधहरु बुझ्न सहज भयो । मार्क्सवादको पहिलो प्रयोग रुसमा लेनिनले गर्नुभयो भने दोस्रोमा मार्क्सवादको सृजनात्मक प्रयोग चिनमा भएको हामी देख्न सक्छौं । भने मार्क्सवादको तेस्रो र उन्नत प्रयोग ती महाम दश वर्षे जनयुद्धको रुपबाट नेपाली भूमिमा गर्न पाउँदा विश्वजगतले पहिलो र मुलत दोस्रो विश्व युद्धमा नेपालीहरु बहादुर छन तर बुद्धी छैन किनकी आफ्नै देशमा सामन्तवादले वर्वर दमन गरिराखेको तर आफ्नोदेशको सामन्तवाद विरुद्ध नलडि भाडाको टट्टुबनी नेपालीहरु अरुको देशमा लड्छ भन्ने जो भास्य बनाएको थियो ठिक त्यसको विरुद्ध मालेमाको नया प्रयोगले नेपालीहरु बुद्धि बिहीन बहादुर बनी जसरी विश्व चकित बनाउने गरि अरुको भूमिमा लडे उसैगरी आफ्नो देशका सामन्त दलाल नोकरशाहीहरुको विरुद्ध वैचारिक सैद्धान्तिक र सैन्य तरिकाबाट लडी विजय प्राप्त गर्न सक्छ भन्ने गतिलो उदाहरण बनाउन पाउँदा यो गर्वको कुरा मात्रै नभएर नेपाली समाजको तात्कालिन अवस्था र वाध्यता पनि थियो दश वर्षे जनयुद्ध । युद्ध- बार्ता-जनआन्दोलन-शान्ति सम्झौता-संविधान सभा निर्वाचन-गणतन्त्र-संघियता- समानुपातिक समावेशीता धर्म निरपेक्षता हुँदै देश अघी वढिरहेको अवस्थामा मुलत समाजमा विभिन्न राजनैतिक धाराहरु विचको अन्तरविरोध समाजमा टकराईरहेको छ जुन वर्गीय समाजको अपरिहार्य आवस्यक्ता हो र यो टकराव गतिशील समाजमा हुनुपर्छ । यसलाई पश्चगामीहरुले ईतिहासको पुनरावृत्ति गराउने तरिकाले, यथास्थितिवादीहरुले विचौलिया अभिष्ट पुरागर्ने गरि केही भको छैन र सबै ठिकठाक छ भन्ने तरिकाले ढुलमुलेहरुले सबै बरबाद भयो भन्नेतरिकाले र क्रान्तिकारीहरुले विकल्प सहित क्रान्तिकारी तरिकाले दृष्टिगत गरिरहेको छ ।

तथ्यहरुले के पुष्टि गर्दछ भने पुजिवाद मरणासन्न अवस्थाबाट गुज्रीरहेको छ र आफ्नो प्राण धान्नको लागि यसले विभिन्न तानाबाना बुनि आफ्नो लुटको साम्राज्य जोगाउन प्रयासरत छ । एनि हाउ नाफा कमाउको सिद्धान्तमा आधारीत सुरुवाती औधोगिक पुजिवाद हुँदै विश्वब्यापी रुपमा यसले विभिन्न रुप धारण गर्दै समाजवादको लोकप्रिय नाराहरुलाई चोर्दै आफ्नो प्राण धान्न उदारवादी पुजिवाद, कल्याणकारी पुजिवाद, क्रोनि पुजिवाद डाटा पुजिवाद हुँदै यो निगरानी पुजिवादको चरणमा आईपुगेको छ फेसबुक, ट्विटर टिकटकहरु जहाँ हामी बहस गरिराखेको छौं यो पनि निगरानी पुजिवादकै अंश हो । पहिलो कुरो मालेमाको सिद्धान्तबाट प्रेरित मजदुरहरुको सम्भावित विद्रोह रोक्न र दोस्रो चाही सस्तो ज्यालादार श्रमिकहरुबाट ज्यादा काम लिई अधिक नाफा कमाउने उद्देश्य राखि दोस्रो विश्व युद्ध पछी विश्वब्यापी बहुराष्ट्रिय कम्पनी खडा गरियो । प्रवासमा हुने हामी विभिन्न देशका मजदुरहरु बहुराष्ट्रिय कम्पनी कै आधुनिक दास हौं भन्नेकुरा कसैले पनि भुल्नु हुदैन साथै देशका सम्पुर्ण बजार बहुराष्ट्रिय कम्पनी कै नियन्त्रणमा रहेको कुरा स्पष्ट छ ।

 रुपमा पुजिवाद मजबुत जस्तो देखिए पनि सारत यो भित्रभित्रै धमिरा लागिसकेको काठझैं कमजोर धरातलमा खडा छ । एकातिर पुजिवादको खम्बाहरुले दिनानुदिन विश्वका गरिब मुलुकलाई आफ्नो उपभोक्ताको रुपमा विकास गराई राखेको छ भने विश्वमा लाखौं करोडौं वेरोजगारीको संख्या वर्षैपिच्छे वढिरहेको छ । बहुराष्ट्रिय कम्पनीको माध्यमबाट माल उत्पादन गरि आफ्नो व्यापार विस्तार गर्ने, गरिब मुलुकका मजदुरलाई सस्तो श्रममा रोजगार दिए जस्तो पनि गर्ने र गरिब मुलुकमा आफ्नो माल विक्री गरि अन्तत ती गरिब मुलुकको मजदुरहरुबाट पुनह पैसा असुल गरि आफ्नै पञ्जामा पुजि ल्याउने पुजीवादी रणनीति हामी श्रमिक मजदुरहरुले बुझ्न ढिलो गर्नुहुन्न ।

संसारमा क्रान्तिको दुई ठूला उदाहरणहरु छ त्यसमा पहिलोत रुस र दोस्रो चाईना । जसरी कमरेड लेनिनको नेतृत्वमा रुसमा पुजीवादी जनवादी क्रान्ति सम्पन्न भयो त्यसको विषयमा दुनियाको कम्युनिस्ट पार्टी र तिनका हामी क्याडरहरुले बहस गर्ने गर्छौ र अर्को कुरा कमरेड माओको नेतृत्वमा भएको चिनिया मोडलको नया जनवादी क्रान्ति अर्को ठूलो उदाहरण हो र यसलाई दुनियाका कम्युनिस्ट पार्टी र उनका हामी क्याडर्सहरुले नौलो जनवादी क्रान्तिको मोडलहरुको उदाहरण दिने गर्छौ । तर कमरेड प्रचण्डको नेतृत्वमा नेपालमा भएको क्रान्ति ती दुई ठूलो क्रान्तिको मोडको अध्ययन र क्रान्ति र प्रतिक्रान्तीको सहि विश्लेषण गर्दै र शिक्षा लिदै नेपाली भूमिमा नया तरिकाले मालेमाको प्रयोग भएको हो यो कुरालाई सबै युवा साथीहरूले प्रस्ट बुझ्नु पर्छ । उसोभए नेपालमा भएको क्रान्तिको मोडल कस्तो भयोत के औधोगिक पुजीवादी ब्याबस्था स्थापना गर्नको लागि सामन्तवादको विरुद्ध पुजिपति वर्गले गरेको पुरातन पुजीवादी क्रान्ति होत भन्दा त्यस्तो पनि होईन, उसो भए कम्युनिस्ट क्रान्तिकारीहरुले सामन्तवाद र साम्राज्यवाद विरुद्ध गरिएको नौलो जनवादी क्रान्ति थियोत भन्दा त्यो पनि होईन उसो भए नेपालमा भएको क्रान्ति कस्तो होत ? नेपालमा भएको क्रान्ति कुनै पनि पार्टीको दस्तावेज वा कुनै पनि पार्टीको एकल नेतृत्व र निर्देशनमा सम्पन्न भएको क्रान्तिकारी परिवर्तन होईन तर यति कुरा चाहि सत्य के हो भने क्रान्तिकारी कम्युनिस्ट पार्टीको उच्चपहल र तागतमा पुजीवादी यथास्थितिवादीलाई पनि साथमा लिएर उनिहरुलाई पनि उपलब्धिको थोरै हिस्सा दिएर वा हिस्सेदार बनाएर सामन्तवादको विरुद्ध गरिएको क्रान्ति हो यस अर्थमा यो समाजवाद उन्मुख क्रान्ति हुनसकेको हो भन्नेकुरा आजको युवा पिढीले बुझ्न जरुरी छ । यो नेपाली मोडलको पुजीवादी जनवादी क्रान्ति हो र यसको मुल चरित्र र विशेषतालाई आत्मसाथ गरि अबको क्रान्तिको मोड वा बाटोको प्रारुप तयार गर्न जरुरी छ । त्यसकारण अबको नेपाली क्रान्तिको बाटो भनेकै “२१ औं सताब्दीमा समाजवादको नेपाली बाटो” हुनुपर्छ भन्नेकुरामा प्रस्ट हुनुपर्छ र यो मालेमावादी सिद्धान्तबाट आलोकित हुनुपर्छ वा यसका पथ प्रदर्शक सिद्धान्त मालेमावाद हो ।

स्पष्ट छ कि नेपाली पुजीवादी जनवादी क्रान्तिमा सामन्तवाद पुर्ण रुपमा नस्ट नभएको कुरा सत्य हो र अबको मुख्य टकराव वा मुख्य अन्तरविरोध भनेको पनि तिनै सामन्तवादको अबसेसहरु दलाल नोकरशाही पुजिवाद र नवउदारवादी यथास्थितिवादी दलालहरुसग हुने निस्चित छ । अर्थात सामन्तवादको अवशेषलाई समुल अन्त गर्दै नवउदारवादले खडागरेको समाज विकासको तमाम गत्यावरोधलाई नभत्काए सम्म नत समाजवादी अर्थतनत्रको विकास गर्न सकिन्छ नत वैज्ञानिक समाजवाद तर्फको यात्रानै तय गर्न सकिन्छ त्यसकारण तिनीहरुको विरुद्ध निशाना प्रहार गर्न सक्नुनै प्रगतिशील क्रान्तिकारी युवाहरुको पहिलो दायित्व हो । शैक्षिक क्षेत्रमा नवउदारवाद कसरी छिरेको छ ? स्वास्थ्य क्षेत्र दलाल विचौलियाहरुको नियन्त्रणमा कसरी गयो ? दलाल पुजीवादी अर्थब्याबस्थामा क्रोनि पुजिवाद कसरी प्रवेश भयो ? र यसले राष्ट्रिय पुजिपति वर्गको संरक्षण र विकासमा कसरी अवरोध गरेको छ ? विकासको नाममा हुने राष्ट्रिय अर्थतन्त्र र प्राकृतिक सांस्कृतिक सम्पदाहरुको दोहनमा क्रोनि पुजिवादले खेलेको भुमिका कस्तो छ ? ब्युरोक्रेसी विचौलिया र सरकार विचको त्रिकोणात्मक सम्बन्धमा क्रोनि पुजिवादको साईनो कस्तो छ ? र यसको विरुद्ध क्रान्तिकारी युवाहरु र उनिहरुको मुल पार्टीको भूमिका कस्तो हुनुपर्छ ? टुटफूट र विभाजनमा गएको कम्युनिस्ट भित्रको समाजवादी पार्टी भनाउदाहरुको गतिविधिले प्रतिगामी वा यथास्थितिवादी वा क्रान्तिकारी कसलाई फाईदा पुगेख छ ? यसमा मुलत प्रवासमा भएका श्रमिक मजदुर युवाहरु र स्वदेशमा भएका युवाहरु नेपाली मोडलको समाजवाद स्थापनाको निम्ति क्रान्तिकारी पार्टीमा संगठित हुदै बहस र ब्याबहारमा उत्रन पर्छ कि पर्दैन ? यी प्रश्नहरुलाई चिर्दै ब्याबहारमा सामन्तवादको अबसेस र दलाल पुजीवादी यथास्थितिवादीहरु विरुद्धमा युवाहरु लड्न आबस्यक छ भने दलिय रुपमा आफूलाई कम्युनिस्ट र समाजवादी भनाउदा पार्टीहरुले जनतामा निरन्तर परिक्षित हुनु आवस्यक छ त्यसको लागि मुलत तिनै तहको सरकारबाट र पार्टीको संघ प्रदेश र स्थानीय तहबाटै पार्टी कमिटीमा शासकिय स्वरुप निर्वाचन प्रणाली र राज्यपुनर संरचनाका विषयमा सहितरिकाले अबलम्बन नगर्दा वा नहुदा आएको अस्थिरता र यसले ल्याएको समाजको गत्यावरोध र यसको विकल्पमा प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख, पुर्ण समानुपातिक निर्वाचन प्रणाली र राज्य पुनरसंरचनाको कुराको विषयमा मुलत माओवादी पार्टीले संविधान निर्माणक बेला राखेको गहन तर्क र अरु पार्टीले अस्विकार गरेपछि लेखिएको नोटअफ डिसेन्टको बारेमा स्पष्ट रुपमा आम युवाहरुलाई र जनताहरुलाई प्रशिक्षीत पार्दै अबको मुख्य कार्यभार नै संविधान संशोधन र संसोधनको विषयनै शासकिय स्वरुप निर्वाचन प्रणाली र राज्य पुनरसंरचना सहित विज्ञहरुको समुहबाट क्याविनेट निर्माण र संसदहरुको काम निति नियम निर्माण गर्ने तर मन्त्री बन्न नपाउने कुरा स्पष्ट पारेर जानू पर्ने हुन्छ ।

अन्तमा नेपाली समाजको मुख्य अन्तरविरोध वर्गीय अन्तरविरोधनै हो र क्षत्रीय विभेद जातिय उत्पिडन जातिय लिंगिय विभेद छुवाछुत र धार्मीक विभेद आदि वर्गीय समाजको सहायक अन्तरविरोध हो । जब जातिय क्षेत्रिय लैंगिक विभेद छुवाछुत जस्ता कुरालाई वर्गीय समाजको अन्तरविरोध भन्दा पृथक राखेर हेर्छौं त्यहा अतिवाद वा जातिय अहंकारको जन्म हुन्छ र अन्तत यसले दलाल पुजिपतिहरुकै स्वार्थमा परिणाम आउने गर्छ र वर्गीय खाडल जातिय क्षेत्रिय लैंगिक र धार्मीक विभेद र छुवाछूतको कुरामा अझै ठूलो खाडलहरु उत्पन्न हुने गर्छ त्यसकारण समस्यालाई जब वर्गीय परिधिभित्र राखेर दृष्टिकोण तयार पार्न सुरुगरिन्छ तब समाजको वास्तविक समस्या उजागर हुनेछ र समाधानको विधि तय हुनेछ । जब मुलत बौद्धिक जगत शसक्त युवा वर्गहरुले समाजको समस्या पुजीवादी दलाली दृष्टिकोणबाट नभई वर्गीय दृष्टिकोणबाट हेर्न थालिन्छ त्यहा शैक्षिक सुधार गर्दै ब्याबहारीक शिक्षाको अभाव महसुस हुनेछ, त्यो ब्याबहारीक शिक्षाले काम खोज्ने रोजगार खोज्दै राष्ट्रिय अन्तराष्ट्रीय गल्लिहरुमा लखतरान भई काम खोज्ने युवा शक्ती होईन उत्पादन प्रवर्द्धनमा होमिने जनचेतना सहितको दक्ष युवाशक्ति निर्माण गर्नेछ र स्वदेशमै खोज अनुसन्धान तर्फ लाग्ने छ । प्रवासमा कठोर परिश्रम गरि आधुनिक विज्ञान प्रविधिसग खेल्दै सिकेका ज्ञान र शिप समाज समृद्धि र देश निर्माणको निम्ति अमुल्य निधि बनेर आउनेछ । दलाल सरकार नवउदारवादी विचौलिया र ब्युक्रेसी विचको त्रिकोणात्मक सम्बन्ध कायम राख्ने क्रोनि पुजिवाद ध्वस्त हुनेछ भने त्यो हुनु बितिकै राष्ट्रको लगानिको पहिलो प्राथमिकता शिक्षा दोस्रो प्राथमिकता स्वास्थ र तेस्रो प्राथमिकता कृषि उत्पादन र क्रमस औधोगिक लगानीमा हुनेछ । जब क्रोनि पुजिवाद ढल्छ स्वतह राष्ट्रिय पुजिपति फ्रन्टलाईनमा आउने छ र राष्ट्रिय पुजिपतिहरुको संरक्षण सहित लगानिको बाताबरण सृजना हुनेछ समाजवाद उन्मुख अर्थ उत्पादन प्रणालीको विकास र सापेक्ष र वैज्ञानिक रुपमा वितरण प्रणाली तब प्रारम्भ हुनेछ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvky

Jak 69Games Casino nově definuje retro sloty s moderními grafickými prvkyJmenuji se Martin Novák a rád bych vás seznámil s online ...

Discover the best online casino Canada for Microgaming slots enthusiasts

Discover the best online casino Canada for Microgaming slots enthusiastsAs an avid online gambling expert, I often get asked how t...

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZ

Оптимизация настроек вашего аккаунта после входа в Mostbet KZПосле того как вы выполнили вход в свой аккаунт на платформе Mostbet ...

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?

Jak wziąć udział w turniejach slotowych legalnego polskiego kasyna online?Witam! Nazywam się Michał Kowalski i jako ekspert w dzie...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×