Advertisement
Advertisement

दक्षिण कोरिया सरकार नै जोडी खोजिदिने डेटिङ’ कार्यक्रम आयोजना गर्दै

Advertisement
Advertisement

विश्वका अन्य देशहरूजस्तै दक्षिण कोरियामा पनि विवाहका लागि जोडी खोजिदिने निजी कम्पनीहरू सञ्चालनमा रहेको धेरै भइसक्यो।

अब भने त्यहाँको सरकारले नै युवायुवतीलाई भेट गराई विवाहतर्फ अगाडि बढाउने उद्देश्यले ‘डेटिङ’ कार्यक्रम आयोजना गर्न थालेको छ। अत्यधिक न्यून प्रजनन र विवाहदरसँग जुधिरहेको दक्षिण कोरियामा जोडीहरूबीच हुने भेटवार्ताले नयाँ बाटो अपनाएको छ।

दक्षिण कोरिया हाल ‘विवाह र जन्मदर’ संकटको सामना गर्दैछ। विश्वमै सबैभन्दा कम प्रजनन दर रहेको यस देशमा महिलाको औसत प्रजनन दर ०.७२ मात्र छ। विवाह दर घट्दै गएपछि सरकारले यो समस्यालाई समाधान गर्न कदम चालेको छ।बीबीसीका अनुसार दक्षिण कोरियामा विवाह दर ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुगेको छ। सन् २०२३ मा एक दशकअघिको तुलनामा विवाह ४० प्रतिशतले घटेको देखियो। त्यहाँका युवा पुस्तामा विवाह ढिला गर्ने वा विवाह नगर्ने प्रवृत्ति बढिरहेको छ। साथै, प्रजनन दर पनि झन् घटेर विश्वकै सबैभन्दा न्यून बिन्दु ०.७२ मा झरेको छ।

विशेषज्ञहरूले यस स्थितिका लागि लामो कार्यघण्टा, महँगो आवास, र बाल हेरचाहको उच्च खर्चलाई प्रमुख कारण मान्छन्। २०१७ मा मेक्सिकोपछि दक्षिण कोरियाले संसारकै सबैभन्दा लामो कार्यघण्टा भएकाले काम-जीवन सन्तुलन राम्रो नभएको बताइएको छ। यसले परिवार सुरु गर्ने वा बच्चा जन्मिएपछि पुनः काममा फर्कने चाहनालाई निरुत्साहित गरेको छ।

स्पीड डेटिङबाट समाधान खोज्दै सरकार

सरकारले यस समस्यालाई हल गर्न विवाह प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पीड डेटिङ’ कार्यक्रम सुरु गरेको छ। सरकारी सहयोगमा आयोजित यी कार्यक्रमले घट्दो जनसङ्ख्या र त्यससँग सम्बन्धित सामाजिक चुनौतीहरू समाधान गर्न प्रयास गरिरहेको छ।

 म्याचमेकिंग कार्यक्रममा “रक, पेपर, सिजर” खेल्दै।

ब्लुमबर्गको २०२३ को रिपोर्ट अनुसार, सेङनाम सहरले जनसङ्ख्या संकटको समाधानका लागि यस्तो कार्यक्रम सञ्चालन गरेको हो। मेयर सिन सांग-जिनको नेतृत्वमा सहरले सरकारीस्तरमा ‘डेटिङ इभेन्ट’ आयोजना गर्दै आएको छ।

सेङनाममा संचालन गरिएको डेटिङ इभेन्ट।

२५०० भन्दा बढी योग्य आवेदकमध्येबाट छनोट गरिएका सहभागीहरू डेटिङ कोचको निर्देशनमा विभिन्न खेलहरू खेल्दै र स्पीड डेटिङका माध्यमबाट एक-अर्कासँग सम्बन्ध स्थापित गरिरहेका छन्।

डेटिङ कार्यक्रम अन्तर्गत भिडियो गेम खेल्दै युवा-युवती।

कार्यक्रम स्थललाई रङ्गीन बेलुनहरूले सजाइएको थियो भने वाइन, चकलेट, र निःशुल्क मेकअप स्टेसनजस्ता सुविधा उपलब्ध गराइएको थियो। लोकप्रियताका कारण सहरले यी कार्यक्रमलाई विस्तार गर्ने योजना बनाएको छ। मेयर सिनको यो पहललाई विश्वभरबाट ध्यानाकर्षण भएको छ।

दक्षिण कोरियाको राजधानी सेउलले पनि यस्ता डेटिङ कार्यक्रम आयोजना गर्ने योजना बनाएको थियो। तर, आलोचनाका कारण हाल यो योजनालाई स्थगित गरिएको छ। आलोचकहरूले यस्तो कार्यक्रमले प्रजनन दरको जड समस्या समाधान नगर्ने बताउँदै आएका छन्।


जोडी मिलाइदिन भइरहेका यस्ता शैलीले दक्षिण कोरियामा विवाह र जन्मदर बढाउलान्?

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...

Wycofanie środków w Legiano podczas trwania premii

Spis treściCzym są warunki obrotu bonusem?Krok po kroku: Jak wypłacić środki z aktywną promocjąCzęste problemy i ich rozwiązaniaCz...

Energy Casino Weboldal Tervezés és Használhatóság Áttekintése

TartalomElső benyomás és regisztrációs folyamatFelület navigáció és játékkínálatBónuszok és promóciók áttekintéseBefizetés és kifi...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×