विशाल आवाज:यहि आउदो कोरियन महान पर्व छुसकको अवसरमा अन्नपूर्ण दुधपोखरी ADP गाइज को आयोजनामा सेप्टेम्बर १५ तारिखका दिन आयोजना हुन लागेको “नरेन लिम्बु लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी” मा नेपालको लोकप्रिय गायक नरेन लिम्बु कोरिया आउने भएको छ।

मलाई भन्न आउँदैन, अन्तिम माया, सुन किन, कहाँ होला मेरो मायालु लगायत दर्जनौं सुपरहिट गीत दिन सफल युवा पुस्ताको लोकप्रिय गायक तथा म्युजिक भिडियो डाइरेक्टर नरेन लिम्बुले THE ADP GUYS को आयोजनामा हुने NAREN LIMBU LIVE CONCERT IN SEOUL AND DANCE PARTY मा माहोल तताउने भएको हो। कार्यक्रममा नरेन लिम्बुको साथमा DJ C-MAN र कोरियामा पछिल्लो समय चलेको नेपाली युवाहरुको “फुल्याङ” ब्यान्डले समेत धमकेदार प्रस्तुति दिने आयोजकका सुनिल गुरुङले विशाल आवाजलाई जानकारी दिनुभएको छ।

सउलको 서울 유성 북라이온수 클럽 서울 성북구 동서문로 20 나길 47 Train line no.4 성신에게 구역 gate no1 मा आयोजना हुने कार्यक्रमको प्रवेश शुल्क ३५००० ओन तोकिएको छ भने कार्यक्रम स्थलसम्म पुग्नको लागि दोङ्देमुन गेट नम्बर ३ बाट निःशुल्क बसको व्यवस्था समेत गरिएको आयोजकले बताएको छ।









