विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले यहि आउँदो जुन २३ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ।
“रैथाने कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै , पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौ।” भने मूल नारा लिएर सन् २००८ मा स्थापना भएको आदिवासी जनजाति महासंघ(नेफिन) दक्षिण कोरिया, कोरियामा रहेका सम्पूर्ण जातीय संस्थाहरूको छाता संगठनको रुपमा क्रियाशील हुँदै आइरहेको छ। नेफिन कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा सामाजिक कार्यमा योगदान दिँदै आइरहेको छ।
वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन र वार्षिक सांगठनिक प्रतिवेदनहरू छलफल गर्दै पास गर्नुपर्ने आयोजक संस्थाका महासचिव दयाराम रानाले बताउनुभएको छ। साथै आठौं कार्य समितिको वार्षिक साधारण सभा मा कोरियामा सक्रिय तथा स्थापित विभिन्न जातीय,राजनीतिक,सामाजिक, धार्मिक संघ संगठन एवं बुद्धिजीवी,व्यवसायी,मिडियाकर्मी,विद्यार्थी लगायत कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरूमा गरिमामय उपस्थितिका लागि विशाल आवाज मार्फत अध्यक्ष विसन राईले हार्दिक निमन्त्रणा गर्नुभएको छ।









