विशाल श्रेष्ठ: नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपालको चर्चित गायिका आस्था राउत र सुनिता दुलालको साथमा युएइको क्लव एभरेष्ट याक एण्ड यति बरदुबईमा यहि अप्रिल १४ तारिख आइतबार हामी नेपाली ग्लोबल,युएइले गर्ने बृहत सांस्कृतिक कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ।

विश्वभरि फैलिएको हामी नेपाली ग्लोबल को युएइ मा रहेको नेपाली हरु एक भइ स्थापित समुहले यही आउँदो अप्रिल १४ तारिख आइतबारका दिन दिउँसो १ बजेबाट CLUB EVEREST YAK N YETI BUR DUBAI मा नेपाली नयाँ वर्ष २०८१ सालको पावन अवसरमा नेपाल नेपालको ख्याति प्राप्त कलाकारहरु आस्था राउत र सुनिता को साथमा युएइको स्थानीय कलाकारहरूको धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।

प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्न अंग्रेजी नयाँ वर्षमा मात्र नभई नेपाली नयाँ वर्ष पनि मनाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रमको सन्चालन निर्मला गोले, रमेश छितिज,शंकर श्रेष्ठ,सन्ध्या सुस्केराले गर्नेछन्न्। आस्था राउतको साथमा स्थानीय कलाकारहरू मिलन बम्जन,कोपिला राइ,सरोज थापा मगर,मनिष लोप्चन,काजल राइ,पवन राज,सुरेश लामा,कान्छि योन्जन,बिजय वाइबा, समिरा थिङ,अजय गोले,सुसिल गुरुङ, कृति तामाङको धमाकेदार प्रस्तुती रहने आयोजकले जनाएको छ।

राष्ट्रिय कलाकारको साथमा स्थानिय कलाकारहरुले माहोल तताउने नया वर्ष बृहत सांस्कृतिक कार्यक्रम लाइ सभ्य र भब्य रुपमा सफल बनाउन युएइमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेकोछ ।









