यही आउँदो कोरियन महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिख राति सउलमा युवा पुस्ताको चर्चित र्यापर DNX को साथमा “ह्याप्पि छुसक नाइट पार्टी”आयोजना हुने भएको छ।
नमस्ते फ्याफुल्ला नेपाल कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सेप्टेम्बर १६ तारिख सोमबार बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सउल स्थित 서울 뉴성북라이온스 클럽 मा ननस्टप डिजे म्युजिकको साथमा “ह्याप्पि छुसक नाइट पार्टी” हुने भएको हो।
पछिल्लो समय नेपहपको श्रीपेच रियालिटी शोबाट आएका युवा पुस्ताको लोकप्रिय चर्चित र्यापर DNX को साथमा DJ AP TENJING र कोरियामै रहेका अर्का चर्चित र्यापर द्वय DORJE-JOJO, ANISH K SEA को धमकेदार प्रस्तुति रहने छुसक नाइट पार्टीको होस्ट भने मिनु मोक्तानले गर्दैछ।



सौल स्थित 서울 뉴성북라이온스 클럽 ,서울 성북구 동소문로 20나길 47 ,4호선 성신여대입구 역 gate no 1 मा हुने “ह्याप्पि छुसक नाइट पार्टी” को प्रवेश शुल्क ३० हजार वन तोकिएको छ । “ह्याप्पि छुसक नाइट पार्टी” कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलकारहरुको भिसा लागिसकेको समेत आयोजकले विशाल आवाजलाई जनाएको छ ।

सेप्टेम्बर १६ तारिख राती ८ बजे देखि बिहान ६ बजे सम्म हुने “ह्याप्पि छुसक नाइट पार्टी” कार्यक्रममा सहभागि भएर रमाइलो गर्नको लागि दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले आग्रह समेत गरेका छन् ।










